म्याग्दी, फागुन-१०, आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको बेनी नगरपालिका जिल्ला मै पहिलो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बेनी नगरपालिकाले ३५.२७ अंक प्राप्त गरि जिल्लाका ६ वटा स्थानीय तह मध्य पहिलो बनेको हो । १८.८४ अंक प्राप्त गरेको मालिका गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा कमजोर देखिएको छ ।
मंगला गाउँपालिकाले ३४.८२, अन्नपूर्ण गाउँपालिकाले २७.६०, धवलागिरी गाउँपालिकाले २७.१८ र रघुगंगा गाउँपालिकाले २०.६० अंक प्राप्त गरेका छन् । देशभरका ७५३ स्थानीय तह मध्य सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको छ ।
त्यस्तै छिमेकी मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ४२.२८, लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २५.३३, घरपझोङ गाउँपालिकाले २९.५८, वारागुङ मुक्तिक्षेत्रले ३०.२२, घरपझोङले २९.५८ र थासाङले २९.६८ अंक पाएका छन् ।
पर्वतको जलजला गाउँपालिकाले २९.२९ अंक प्राप्त गरेको छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ ।
जसमा असार १० भित्र बजेट पेश गरे नगरेको, असार मसान्त भित्र बजेट पारित गरे नगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे नगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन
गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरे नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा-९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् । धौलागिरि खबरको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )