म्याग्दी, फागुन-९, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले म्याग्दीले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी लगायतको माग गदैं प्रमुख जिल्ला अधिकारीमार्फत ४० बुँदे माग प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाएको छ । विदेशमा रहेका नेपाली नागरिकहरुले निर्वाचनमा मतदानको अधिकार, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर एकल अंकमा कायम भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायतका माग गरिएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा पूर्वराज्यमन्त्री एवम् केन्द्रिय सदस्य भिमप्रसाद गौचन, जिल्ला अध्यक्ष बिरबहादुर थापा,राप्रपा नगर अध्यक्ष देबेन्द्र क्षत्रीलेप्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै दबावमूलक प्रदर्शन गर्ने समेत गरेको छ । संघीयतामा प्रदेश र राजनीतिक भागबन्डाका कारण देश आर्थिक संकटमा परेको बताउँदै दुई तहको सरकारमार्फत स्थानीय तहलाई शक्तीशाली बनाउनुपर्ने राप्रपाको ज्ञापनपत्रमा उल्लेख छ । सरकारलाई बुझाइएको ज्ञापनपत्रका बारेमा सम्बोधन नभए आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गर्ने राप्रपाले जनाएको छ । ज्ञापनपत्र बुझाउने क्रममा राप्रपाका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )