बेनिमा पत्रकार तथा सन्चारकर्मी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनमा एक दिने कार्यक्रम सम्पन्न भएको हो । कोभिड -१८ रोग बिरुद्दको खोप अभियान २०७७/७८ सम्बन्धमा पत्रकार तथा सन्चारकर्मीलाइ अभिमुखिकरण गरिएको हो । “स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड १९ ले गर्छ रक्षा” भन्ने नारा सहित कोभिड १९ को खोप अभियान सन्चालन भएको छ ।
जिल्लाका ६ वटै स्थानिय तहमा सन्चालन हुन लागेको कोभीड -१९ बिरुद्दको खोप अभियानको बारेमा जानाकारी गराइएको हो । जिल्लाका ४ वटा स्थानिय तह धौलागिरी,मालिका, मङला र बेनिमा फागुन २३ गते र २ वटा स्थानीय तह रघुगंंगा र अन्नपूर्ण गाउपालिकामा २६ गतेबाट खोप अभियान सन्चालन गरिने जिल्ला स्वास्थ्य कार्यलय म्याग्दीका प्रमुख एक नारायण लम्सालले बताउनु भयो । उहाँले कार्यक्रमको उद्देश्यका बारेमा जानाकारी गराउनुका साथै संक्षिप्त्त रुपमा कोभिडका लक्षण असर र गम्भीरताका बारेमा समेत जानाकरी गराउनु भयो । बिशेष गरि उहाले कोभिडको खोप लगाइसकेपछी देखिने सामान्य लक्षण देखिन सक्छन त्यसमा न आत्तिन र नडराउन र ढुक्क संग लगाउन सुचना जानाकारी सम्प्रेषण गरिदिनुहुन बिशेश अनुरोध समेत गर्नु भयो ।
शुरुको चरणमा खोपको बारेमा कस्लाइ लगाउने कस्ले लगाउन हुने जस्ता कुरामा धेरै भ्रम र अन्योलता रहेकोले यो अभिमुखिकरणले सहि तथ्य कुरा आम जनसाधारणमा पुगोस भन्ने उद्देश्यले कार्यक्रम गरिएको लम्सालले बताउनु भयो ।
म्याग्दीमा प्राथमिकताको आधरमा पहिलो चरणमा ८९४ र दोश्रो चरणमा १६१० जनालाइ कोभिड खोप लगाइएको छ । तेश्रो चरणमा ६५ वर्ष माथिका अनुमानित ८५६२ बृद्द बृद्दालाइ लगाइने कार्यक्रम रहेको छ तर जिल्लामा पाँचहजार डोज मात्रै उपलब्ध भएकोले बाकिलाइ चैत्रमा लगाइने बताइएको छ ।
कार्यक्रमा नेपाल पत्रकार महासङ म्याग्दीका सन्स्थापक अध्यक्ष एवम अग्रज पत्रकार घनश्याम खड्का प्रमुख अतिथी नेपाल पत्रकार महासघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले मन्तब्य ब्यक्त गर्नु भयो । कार्यक्रम स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालको अध्यक्षता र नारायण प्रसाद रेग्मीको सन्चालनमा सम्पन्न भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )