बेनी, फागुन-८, म्याग्दीको बेनी नगरपालिकाका क्षेत्र भित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरिएको छ । जनस्वास्थ्यमा प्रभाव पार्ने गरेको निष्कर्ष निकाल्दै माघ २५ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार फागुन १६ गतेदेखि पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।
पछिल्लो समय बजार क्षेत्रमा कुलतमा फस्ने यूवापुस्ताको संख्या बढ्न थालेपछि कार्यविधि बनाएर बिक्री वितरण निषेधसँगै अटेर गरेमा जरिवानासहितको प्रक्रियामा अगाडी बढेको नगरप्रमुख केसीको भनाइ छ । ‘अनुगमन र नियमनमा पनि कडाइ गरिने छ,सार्वजनिक सूचनासमेत जारी हुँदैछ,’ नगर प्रमुख केसीले भन्नुभयो । उहाँले हुक्का निषेधसँगै जिल्ला प्रशासन, प्रहरीसहितको अनुगमन र समुदायस्तरमा समेत हुक्काको प्रयोगलाई निरुत्साहन सहितको सचेतनामुलक कार्यक्रमहरु गरिने बताउनुभयो । हुक्का निषेध गर्न नगरपालिकाले यसअगाडी जनप्रतिनिधि, नगरभित्रका होटल तथा रेष्टुरेन्ट ब्यवसायीसँग समेत छलफल गरिसकेको छ ।
कतिपय स्कुले केटाकेटीहरु विद्यालय पोशाकमै हुक्का तानिरहेको समेत भेटिएकोले अभिभावकहरुमा चासो र चिन्ता बढ्दै गैरहेको छ । हुक्का हुँदै चुरोट गाँजा, चरेस र अन्य लागु औषध प्रयोग समेत गर्हुन सक्ने खतरा हुनसक्ने भन्दै बेलैमा यो कदम चालिएकोले अभिभावकले यो कदमको प्रशंसा गरेका ।
चुरोटभन्दा हुक्का सेवन गर्यो कम हानिकारक छ भन्ने कुरालाई छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनीले चुरोटभन्दा हुक्का सेवन कम हानिकारक छ भन्ने कुरा मिथ्या भएको बताउनुहुन्छ । “हामीले एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तानिरहेका हुन्छौँ भने एक सेसन हुक्काको प्रयोग गर्दा खेरि त्यसबाट ९० देखि २०० लिटरसम्म धुवाँ हामीले तानिरहेका हुन्छौँ।त्यसको अर्थ के भने एक पटक हामीले हुक्काको सेवन गर्दा त्यसको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ।” छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनीले भन्नुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )