म्याग्दी, फागुन-७, राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बेनीमा रक्तदान गरिएको छ । दिवसको अवसर पारेर बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको तिन दिवसीय कार्यक्रम अन्तरगत सोमबार आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, निजामति कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणले रक्तदान गरेका हुन्। प्रजातन्त्र दिवास कै अवसरमा बेनी अस्पतालमा रहेका विरामीहरुलाई फलफुल समेत वितरण गरिएको थियो ।
रक्तदान कार्यक्रममा बोल्ने बक्ताले म्याग्दीमा पछिल्लो समय रक्तदान गर्नेको संख्या बढ्दै गएको बताएका थिए । रक्तदान गर्नुपुर्व आयोजित औपचारिक कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले मन्तब्य राख्नु भएको थियो ।
म्याग्दीमा संकलन गरिएको रगत बागलुङ, पर्वत र कास्कीका बिरामीका लागि पठाउने गरिन्छ । निशुल्क रक्तदान र रगत प्रयोग गर्ने बिरामीले समेत अहिले शुल्क तिर्नुपदैन । डेढदशक यता रगतकै अभावका कारण म्याग्दीमा कुनैपनि बिरामीले ज्यान गुमाउनु परेको छैन
नेपाल रेडक्रस सोसाइटीका सभापति अमर बानियाँको स्वागत, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षता र रेडक्रस सोसाईटीका कार्यालय प्रमुख धनञ्जयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुुबेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायत जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
म्याग्दीमा तीनदिनसम्म मनाइने दिवसको अवसरमा सरसफाई, जेष्ठ नागरिकलाई फलफुल वितरण सहित विभिन्न कार्यक्रमहरु गरिएको छ । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ।
।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )