बेनी, पुष-२१, बेनीमा संचालित नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बेनी नगरपालिकाले जितेको छ । यो सहित बेनी नगरपालिकाले चौथो पटक प्रतियोगिताको उपाधि जितेको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शुक्रबार र शनिबार दुइदिनसम्म सञ्चालन भएको प्रतियोगितामा बिजयी बेनी नगरपालिकाले १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक प्राप्त गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक सहित रघुगंगा गाउँपालिका द्वितीय र ४ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । मालिका गाउँपालिकाadut toys custom maple leafs jersey custom triathlon jersey 49ers jersey for sale nike air max 270 women’s sale custom nfl football jerseys air jordan 4 adidas yeezy shoes custom nfl football jerseys nike air max 90 futura nike air force jordan nike air jordan mid nike air max 270 women’s sale custom sublimated hockey jerseys custom paintball jerseys ले ३ स्वर्ण, ७ रजत र ४ कास्य, मंगला गाउँपालिकाले ३ स्वर्ण र १ रजत, धवलागिरी गाउँपालिकाले २ स्वर्ण, ३ रजत र १२ कास्य पदक जितेका छन् । प्रतियोगिताबाट नवलपुरमा हुने गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने खेलाडी छनौट गरिएको अध्यक्ष केसीले बताउनुभयो ।
प्रथम हुने बेनी नगरपालिकाले नगद रु. २० हजार पुरस्कार, रनिङ्ग शिल्ड सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा द्वितीय हुने रघुगंगा गाउँपालिकाले नगद रु. १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय हुने अन्नपुर्ण गाउँपालिकाले नगद रु. १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बिजेतालाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले पुरस्कार वितरण गर्नुभएको थियो ।
भलिबल, एथलेटिक्स, कवड्डी, मार्सल आर्टका ३६ विभिन्न बिधामा स्थानीय तह स्तरीय प्रतियोगिताबाट छनौट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । मार्शल आर्ट तर्फ उसुमा रघुगंगा गाउँपालिकाले २ स्वर्ण, ३ रजत र १ कास्य, बेनी नगरपिालको २ स्वर्ण, १ रजत र ३ कास्य र अन्नपूर्ण गाउँपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य पदक जितेको छ ।
कवड्डीको छात्रामा मालिका गाउँपालिका प्रथम र मंगला गाउँपालिका दृतीय तथा छात्रातर्फ बेनी नगरपालिका प्रथम र मालिका गाउँपालिका दितीय भएका छन् । त्यसैगरी छात्रा भलिबलमा अन्नपूर्ण गाउँपालिका प्रथम र बेनी नगरपालिका दृतीय भए । छात्र भलिबलमा बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका दृतीय भएका छन् ।
तस्विर श्रोत : सुरेस पुन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )