पर्वत । पार्वतीको जन्मस्थलको रूपमा विश्वास गरिएको पर्वतको पाङ क्षेत्रलाई ‘पार्वतीधाम’ का रूपमा विकास गरिने भएको छ । हिमालयकी छोरी पार्वती जन्मेको ठाउँ, तपस्या गरेको पार्वती गुफा र खेल्ने पार्वतीचौर लगायतका क्षेत्र समावेश गरी ‘पार्वतीधाम’का रूपमा विकास गर्न लागिएको हो ।
हालै मात्रै एक विद्धत सभा आयोजना गरि पार्वती ध्यानमा बस्ने गरेको पार्वती गुफा, स्नान गर्ने गरेको सहस्र धारा, खेल्ने गरेको मैदानलगायतका ठाउँ पाङमै रहेकाले यसको प्रचारप्रसार गर्न जोड दिइएको छ । कुस्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदीले पार्वती पाङमै जन्मिएकी हुन् भन्ने पुराणमा समेत उल्लेख भएका कारण बुद्धको जन्मस्थल लुम्बिनी, सीताको जन्मस्थल जनकपुर जस्तै पार्वतीको जन्मस्थल पर्वतलाई पनि धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउन यसको विकास गर्न अभियान थालिएको बताउनु भयो ।
संस्कृतिविद् तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले माटोको माला र ढुंङ्गाको सियो पाङमा नै फेला परेको तथ्य उहाँले जानकारी गराउनुभयो । पाङमा फेला परेका यी विभिन्न पुरातात्विक वस्तुहरूले पार्वती पाङमै जन्मिएको भन्ने कुरा पुष्टि गर्नमा सघाउने बताउनुभयो । गुफामा भेटिएका विभिन्न सामग्रीबारे पुरातत्व विभागमा जानकारी गराएर अनुसन्धान गर्न लगाएमा ठाउँको प्रवर्द्धन हुन कुरा गुरुङले बताउनु भयो ।
विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, पाङका बारेमा खोज अनुसन्धानकर्ता डा. षडानन्द पौडेल लगायतले पनि पाङ क्षेत्रको प्रवर्द्धन गरी यसको महिमालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सके धार्मिक पर्यटकहरुको ओइरो लाग्ने बताउनुभयो ।
पाङलाई पार्वतीधामका रूपमा विकास गर्न सकेमा नेपालबाहिरका पर्यटकसमेतसहस्र धारा र पार्वती गुफामा साधना गर्न आउने स्थानीयको विश्वास छ । पाङ, पार्वतीगुफा तथा गुप्तेश्वरको धार्मिक महत्वका बारेमा बुझाउनका लागि दुई वर्षअघि कुस्मामा महायज्ञ लगाइएको थियो । उक्त महायज्ञमा संकलन भएको रकम र संघ तथा प्रदेश सरकारको सहयोगमा विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति स्थापना गर्ने काम पनि अघि बढेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )