देवी जिसी/बेनी, पुष-१५, महिला उद्यम विकास समिति म्याग्दीको दशौँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिबेशनले अम्विका श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको नवनिर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु गुरुङ, प्रथम उपाध्यक्षमा श्रृजना भट्टचन, द्वित्तिय उपाध्यक्षमा दिलमाया घताने, महासचिवमा प्रमिला जोशी श्रेष्ठ, कोषाध्यक्षमा गीता शर्मा रिजाल, सचिवममा कमला सुवेदी, सहसचिवमा गोमा भट्टराई शर्मा र सहकोषाध्यक्षमा राधिका सापकोटा चयन हुनुभएको निर्वाचन अधिकृतको रुपमा रहनुभएको ।
त्यस्तै कार्य समितिका सदस्यहरुमा चमन श्रेष्ठ, गंगा कुमारी खत्री, संगीता श्रेष्ठ, तेजकुमारी महत, धनदेवी भण्डारी, संगीता श्रेष्ठ, रेणु मल्ल शाही, अस्मिता श्रेष्ठ, गंगा थापा कार्की, सरिता श्रेष्ठ, रंजीता वराईली रहनुभएको छ । समितिको आमन्त्रित सदस्यहरुमा गीता चापागाई, टिका आचार्य, शारिका थापा मगर, अम्विका ढुङ्गाना, मिना कुमारी मल्ल र अश्मि महत रहनुभएको छ ।
म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा आइतबार सम्पन्न अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले महिलाहरु सिप विकास र उद्यमशिलतर्फ अग्रसर हुनुपर्ने विचार व्यक्त गर्नुभयो । अधिवेशनमा म्याग्दी उद्योग aguilas cibaeñas jersey jordan proto max 720 jersey soccer custom jordan max aura 4 cheap yeezys seahawks jersey custom sublimated hockey jerseys air max 95 sale castelli vantaggio jersey dallas cowboy shop 49ers jersey for sale nike dunk nfl nfl jersey sales nike air max sale outlet yeezy sneakers वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले महिलाहरुलाई सशक्त बनाउन र उत्पादन तथा उद्यममा जोडिनका लागि महिला उद्यम विकास समितिको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु सुदर्शन कुमार श्रेष्ठ, कुविर कुमार श्रेष्ठ, जीवन कुमार विश्वकर्मा, जिल्ला समन्वय समितिका सदस्य जानकी विश्वकर्मा, बेनपा वडा नम्वर ६ का अध्यक्ष कृष्णसिंह बानियाँ, वडा नम्वर ७ का अध्यक्ष रमेश कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, महिला उद्यम विकास समितिका पूर्व सभापति सृजना श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा उद्यमी सम्मान अन्तर्गत एसएस टेलरिङका संचालक सुकमाया रत्न र सुनिता टेलरका संचालक सुनमाया किसानलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको थियो । त्यसैगरी समितिद्वारा पौष १ गतेबाट संचालन गरिएको १५ दिने केश श्रृङ्गार तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । प्रशिक्षक पिस साइन व्युटि होम बेनीका संचालिका प्रमिला जोशी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रम समितिका सभापति लक्ष्मी भण्डारी कार्कीको अध्यक्षता र कार्यवाहक महासचिव प्रमिला जोशी श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
नयाँ कार्य समितिले आउदै गरेको माघेसंक्रान्ति पर्वको अवसरमा बेनीमा ३ दिने माघेसंक्रान्ति मेलाको आयोजना गर्ने जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )