म्याग्दीका लोक गायक खड्ग गर्बुजा र धनकुमारी थापालाई सम्मान गरिएको छ । म्याग्दीका चर्चित लोक तथा दोहोरी गायिका धनकुमारी थापाको मौलिक नया गीत सिरफुले मायाँ गीतको छायांकन कार्यक्रमा गायिका/श्रष्टा धनकुमारी थापा र खड्ग गर्बुजालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्ठान जिल्ला कार्यसमितिले सम्मान गरेको हो । सोहि कार्यक्रममा नेपाल मगर संघ म्याग्दीले पनि सम्मान पत्र खादा र नगद सहित सम्मान गरेको छ ।
सिरेफुले मायाँ गीत पर्बतको जलजला २ बगरफाट स्थित तेजबहादुर बरुवालको घरमा छायांकन गरिएको हो । मौलिक गीत भएका कारण छायांकनका लागी उपयुक्त स्थान भएकोले बौरमा छयांकन गरिएको प्रतिष्ठानका अध्यक्ष देबेन्द्र घिमिरेले बताउनु भएको छ । चिमखोलामा जन्मेर रेडियो नेपाल हुदै राष्ट्रिय प्रतियोगितामा प्रथम हुदै आफुलाई अब्बल दोहोरि गायिकाको रुपामा चिनाउनु भएका धनकुमारी थापालाइ नेपाल मगर संघ र चिमखोला बासीले साथ् दिनु भएको थियो ।
नेपाली मौलिक गीत सालैजो तथा सिरेफुले गीतका बादशाहका रुपमा परिचित बरिष्ठ गायक खड्ग गर्बुजा गीतको छायांकनको लागी म्याग्दी सम्म आउनु भएको हो । यी र यस्ता गीतको संरक्षण तथा पुस्तान्तरण हुनु पर्छ भन्दै उहाँले राष्ट्रिय दोहोरेगीत प्रतिस्ठान म्याग्दीलाई छायांकन को ब्यबस्थापन अनि सम्मान को लागी धन्यबाद प्रकट गर्नु भएको छ ।
गीत छायांकन को क्रममा म्याग्दीका नयाँ तथा पुराना कलाकारहरुको उपस्थितिले निकै उत्कृस्ट ढंगले छायांकन हुन सकेको निर्देशक भुपेन बानियाले बताउनु भएको छ । गीतको म्युजिक भिडियो उत्पादन क्रियटिभ मिडिया प्रडक्सनले गरेको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )