बेनी, पुष-१४, म्याग्दी जेसिजको अध्यक्षमा दिनेश बानिया चयन हुनुभएको छ । आज (शनिबार) सम्पन्न भएको २५ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट दिनेश बानियाँ वर्ष २०२४ का लागि सर्वसम्मत रुपमा शाखा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनबाट कानूनी सल्लाहकारमा कुमार बानियाँ, वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा दिनेश कुमार विश्वकर्मा मनोनित हुनुभएको छ । कार्यकारिणी उपाध्यक्षमा अमिर श्रेष्ठ, कृष्ण प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । महासचिवमा सज्जन श्रेष्ठ, कोषाध्यक्षमा विनोद घर्ति र शाखा सम्पादकमा अनिल पौडेल मनोनित हुनुभएको छ ।
त्यस्तै सहसचिवमा पवित्रा खत्री र सहकोषाध्यक्षमा नविन पौडेल मनोनित हुनुभएको छ । उपाध्यक्षहरुमा देविन्द्र घिमिरे, विशाल खत्री, गोकुल सुनार, गोकुल विश्वकर्मा निर्वाचित हुनुभएको छ । तालिम संयोजकमा धनमाया श्रेष्ठ, प्रकरण निर्देशकमा मदन खत्री, अर्थवृद्धि संयोजकमा गणेश सुवेदी र संचालक समिति प्रमुख सल्लाहकारमा सन्दिप खत्री मनोनित हुनुभएको म्याग्दी जेसिज वर्ष २०२३ का अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका निम्ती स्थापित जेसिजले जिल्लामा रहेर खेलकुद, कला संस्कृति लगायतका सामाजिक क्षेत्रमा महत्वपूर्ण गतिविधि संचालन गर्दै आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य हरि वहादुर भण्डारीले जेसिजले युवाहरुलाई सत्मार्ग तथा सत्कर्ममा लाग्न पे्ररित गरेको बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )