काठमाण्डु, १७ फागुन– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने बताउनुभएको छ ।
आफैंले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्चको आदेशमा ब्युँतिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला गुरुङले सर्वोच्चको आदेशले प्रधानमन्त्रीलाई राजीनामा गर्नबाट रोकेको जिकिर गर्नुभएको हो ।
प्रतिनिधिसभामा बहुमत प्राप्त दलले सरकार सञ्चालन गर्दिन भन्न नपाउने फैसलामा उल्लेख भएकाले प्रधानमन्त्रीले राजीनामा दिन नमिल्ने तर्क गुरुङको थियो ।
‘सम्मानित सर्वोच्च अदालतको उत्प्रेषण परमादेशले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको छ’, मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले भन्नुभयो, ‘बहुमतप्राप्त प्रधानमन्त्रीले राज्य सञ्चालन गर्नु संवैधानिक नैतिकताको विषय हो ।’
सर्वोच्चको फैसलाको पृष्ठ ९ मा लेखिएको व्यवहोराले प्रधानमन्त्रीलाई राजीनामा दिन रोकेको जिकिर गर्नुभयो । सर्वोच्च्ले नै राजीनामा नदिनु भनेकाले प्रधानमन्त्री ओलीले राजीनामा नदिने गुरुङले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )