देवी जिसी/म्याग्दी, पुस-१३, नेत्रज्योति संघ म्याग्दीलाई एक दाताले दुई करोड ५० लाख बराबरको जग्गा दानगर्नु भएको छ। जिल्लाको मालिका गाउँपालिका, ६ दिच्याम पुख्यौली घर भइ हाल पोखरामा बसोवास गर्दै आउनु भएका नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका पूर्व सभापति मुक्ति रोका र पत्नी यामकुमारी रोकले नेत्र ज्याति संघ म्याग्दीलाई सदरमुकाम बेनीको कालिपुल नजिकै रहेको ७ आना ३ पैसा १ दाम जग्गा दान जग्गा शुक्रवार मालपोत कार्यालय म्याग्दीबाट नेत्र ज्याति संघको नाममा रजिष्ट्रेसन पास गरिदिनुभएको हो । रजिस्ट्रेशन पास पश्चात रोका दम्पतिले बेनीको होटल डल्फिनमा आयोजित एक कार्यक्रममा जग्गा धनी पुर्जा नेत्र ज्योती संघ बेनीका सभापति अमर बानियालाइ हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा सहयोगदाता रोका दम्पतिलाइ सम्मान समेत गरिएको छ । जिल्ला समन्वय सामितिका उप प्रमुख दिल कुमारी खत्री, नेत्र ज्योती संघ म्याग्दीका सभापति अमर बानियाले माला खादा सहित सम्मान गर्नुभएको हो । सम्मान ग्रहण पश्चात् रोकाले आफुलाइ गर्व लागेको बताउदै सामाजिक सेवामा आफ्नो सुरुवाती दिन र अहिलेसम्मको अनुभव सुनाउनु भएको थियो ।
१८ वर्षको उमेर देखि नै सामाजिक चेतनाको थालनी गर्नु भएका दरबाङमा विद्यालय स्थापना गर्दै जीवनको उत्तरार्धमा नेपाल मगर संघ, नेपाल रेडक्रस सोसाईटी समेतका सामाजिक संघसंस्थामा रहेर सामाजिक कार्यमा सकृय रहनुभएको थियो । रोकाकै सकृयतामा हिमालय आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा रेडक्रस मार्फत जिल्लामा आँखा उपचार केन्द्र स्थापना भएको र अहिले उक्त आँखा उपचार केन्द्र नेत्र ज्योती संघ मातहत संञ्चालनमा रहेको छ ।
आफ्नै पहलमा स्थापना गरेको आँखा उपचारलाई थप ब्यवस्थित र सुविधायुक्त बनाउन उपचार केन्द्र भवन बनाउने प्रयोजनकालागी उक्त जग्गा दान गर्न पाउँदा एउटा सपना पूरा भए जस्तो लागेको उहाँले बताउनु भयो । जग्गा धनी पुर्जा हस्तान्तरण र सम्मान कार्यक्रम नेपाल नेत्र ज्योती संघका सभापति बानियाँको अध्यक्षता, उपसभापती राजेन्द्र कुमार श्रेष्ठको सन्चालनमा सम्पन्न कार्यक्रममा जिसस उप प्रमुख दिल कुमारी खत्री र पत्रकार महासंघ म्यग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तब्य ब्यक्त गर्नु भएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )