पर्वत, पुष-१२, पर्वतको सदरमुकाम कुश्मामा बाथरुममा निसास्सिएर एक युवाको ज्यान गएको छ । ग्याँस गिजरको पानीमा नुहाउने क्रममा निस्सासिएर बुधवार दिउँसो एक युवाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कुश्मा नगरपालिका वडा नं. ६ का ३३ वर्षिय राज गुरुङ्ग रहेका छन् । विहान करिब १० बजेको समयमा बाथरुममा नुहाउन पसेका गुरुङ्ग अवेरसम्म ननिस्किएपछि परिवारले ढोका खोलेर हेर्दा ढलेर बेहोस भएको अवस्थामा भेटेका थिए । उनलाई तत्कालै पर्वत अस्पतालमा पुऱ्याईएको भएपनि उपचार सम्भब नभएपछि मनिपाल अस्पताल पोखरा रिफर गरेको प्रहरीले जनाएको छ । मृतक युवा मंगलवार साँझ मात्र जापानवाट घरमा आईपुगेका थिए ।
मनिपाल अस्पताल पोखरा पुयाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरिक्षक अविनास दिप जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार निसासिएको वा अन्य कारणले ढलेको भन्ने वारे पुष्टि भएको छैन। घटनाको वारेमा थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक जिसीले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )