हरेक दिन त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा खादा माला लगाएर विदेशिने युवाको हुल देख्दा मन चसक्कै हुन्छ, अनि मनमा कुरा खेल्छ “यस्तै हो हो भने देश रित्तिन्छ।” बिदेशिनु रहर हो कि बाध्यता हो ? मनमा जिज्ञासा पलाउछ तर उत्तर छैन म संग । विदेशिनेको मुखबाट एकै कुरा सुनिन्छ, “यो देशमा भविष्य छैन ।” देशमा भबिष्य नभए कै हो त ? यो देश बस्न लायक नै छैन त ? यी र यस्तै कयौं अनुरत्तित प्रश्नको कुम्लो छ मसंग ।
मुलुकमा आएको राजनीतिक परिवर्तनपछि देशले शिक्षा, स्वास्थ्य,संचार,पूर्वाधारका क्षेत्रमा प्रगति भएकोमा कुनै दुइमत छैन । गाउँगाउँमा बाटो पुगेको छ, विद्यालय भवनहरु निर्माण भएका छन् । स्वास्थ्य सेवा पनि गाउँ पुगेकै छ । तर पनि गाउँहरु युवाविहीन हुँदै गएका छन् । दैनिक २ हजारको हाराहारीमा युबाहरुको विदेश पलायनलाई त्यो विकासले रोक्न सकेको छैन । रोकिने छाँट पनि छैन । अव त के देखिएको छ भने यो देश बस्नलायककै छैन कि भन्ने भाष्य युवा बर्गमा निर्माण भइदिएको छ ।
विद्यालयमा अध्ययन गर्ने स्कुले केटाकेटीलाई भविस्यको बारेमा के योजना छ भनेर सोध्यो भने बिदेश जाने बताउछन । अहिले त स्थिति यस्तो देखियो कि घरको सदस्य विदेश गएको छैन भने लज्जाको विषय बन्छ । यस्तो किन भइरहेको छ ? कारण र समाधान खोज्नेतिर राज्यले खासै चासो देखाएको छैन झन् श्रम सम्झौता गरेर युवा लखेट्न उद्दत भएको अनुभूति भएको छ ।
के गाउँमा बसेर भनेजस्तो शिक्षा, स्वास्थ्य अनि रोजगारी सम्भव छ त ? माध्यमिक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सो तहत पुरा गरेपछि आफु कहाँ स्थापित हुन सक्छु भन्ने ग्यारेन्टी छ ? अहिलेका युवाले त्यस्तो नदेखेको बताउदै सम्पूर्ण दोष राजनीतिलाई देखाउछन् त्यो एक हदसम्म सहि हो ।
अहिले परिस्थिति बदलिएको छ महँगीले आकास छोएको छ । गाउँमा बसेर जीविकोपार्जन गर्न कठीन छ । अवसरहरु खुम्चिएका छन् र विदेश बाध्यता बनेको छ । त्यो बाध्यतालाई राज्यले नै मलजल गर्दै आइरहेको छ । रेमिट्यान्समा भर परेको सरकार युवाहरुलाई विदेश जान उत्प्रेरित गरिरहेको छ ।
आखिर देशको युवा जनशक्ती किन बाहिर जान खोजेको छ ? के नेपालमा सम्भावाना नै भएको हो त? यी र यस्तै प्रश्नहरुको बिचमा म्याग्दीको एक विद्यालयमा कक्षा ११ /१२ मा पढ्ने विद्यार्थीहरुले एक कार्यक्रममा स्वदेशमै बसेर पनि ब्यबसायिक बन्दै सम्भावनाको ढोका उघार्न सकिन्छ भन्ने कुरा दर्शाएका छन् ।
म्याग्दी जिल्लाको न्यु वेष्ट पोइन्ट विद्यालयले कक्षा ११/१२ मा पढ्ने विद्यार्थीहरुलाई ब्यबसायिक योजना सम्बन्धि प्रतियोगिता गर्यो, ब्यबस्थापन समुहका विषय अध्यापन गरिरहेको विद्यालयले यो कार्यक्रम गर्दा नेपाल मै पनि धेरै सम्भावना छन् भन्ने आशा पलाएको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताएका छन् ।
प्रतियोगितामा विद्यार्थीहरुले विदेश बाध्यता वा रहर जे भए पनि “इनोभेटिभ” तरिकाबाट कुनै कार्य गर्ने हो भने ब्यबसायिक सफलता र स्थापित हुन सकिन्छ भन्ने देखेका छन् । कार्यक्रममा उत्पादन, बजारीकरण देखि उपभोक्ता शिक्षा सम्मका योजना प्रस्तुत गरिएका थिए । उनीहरुले पर्यटन, कृषि, उद्योग आदिका लागी आफ्नो योजना प्रस्तुत गरेका थिए ।
सो प्रतियोगितात्मक कार्यक्रममा कक्षा १२ मा पढ्ने सुष्मिता जिसीको ब्यबसायिक योजना उत्कृष्ट ठहरिएको थियो । उत्कृष्ट ठहरिएको ब्यबसायिक योजना (Business Plan) लाइ एक कार्यक्रमको आयोजना गरि विद्यालयले नगद रु ३,००० सहित सम्मान गरेको छ । उनले महिलाहरुले प्रयोग गर्ने सेनिटरी प्याड निर्माण, त्यसको बजारीकरण र प्रयोग सम्बन्धि योजना प्रस्तुत गरेकी थिइन् । उनले हाल बजारमा रहेका सेनिटरी प्याड भन्दा स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थ प्रयोग गरेर सस्तो मै उत्पादन गर्न सकिने र जैविक बस्तु कच्चा पदार्थको रुपमा प्रयोग गर्न सकिने हुँदा ब्यबस्थापनमा कुनै कठिनाइ नहुने कुरा आफ्नो प्रस्तुतीकरणमा समेत बताइन । उनले त्यसको लागि आवश्यक पर्ने लगानी, निर्माण कार्य, बजारीकरण र जनशक्तिको समेत उत्कृष्ट खाका प्रस्तुत गरेकी थिइन् ।
विद्यालयका प्रिन्सिपल डीबी दाहालले विद्यार्थीहरुले प्रस्तुत गरेका यी योजनाले साँच्चै ब्यबस्थान समुहका बिषय पढाइरहेको स्कुलमा प्रयोगात्मक रुपमा सिकाइ भएको अनुभूती गरेको बताए ।
शिक्षक जगदीश पन्थीको अबधारणा अनुसार सो कार्यकम संचालन गरिएको र शिक्षक पन्थीले आगामी दिनमा ब्यबसायिक प्रदर्शनी (Business Expo) समेत गर्न सकिने बताए ।
कहीं र कतैबाट प्रभावित भएर यो ब्यबसायिक योजना आएको जस्तो देखिएपनि जिसीको ब्यबसायिक योजना स्थानीय स्तरमा उपलब्धहुने जैविक कच्चा पदार्थको प्रयोग गरि उत्पादन गरेर ब्यबसाय संचालन गर्ने हो भने महिलाको स्वास्थ्य र सरससफाई संगै ब्यबसायिक बन्न सकिने भाइस प्रिन्सिपल कृष्ण जिसीले बताए ।
प्रतियोगितामा अन्य सहभागिहरुले पुष्प खेति, फोहोर ब्यबस्थापन संगै आय-आर्जन, पर्या-पर्यटन लगायतका विषयमा आफ्ना योजना प्रस्तुत गरेका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )