बेनी, पुष-९, म्याग्दीको सदरमुकाम स्थित प्रकाश माध्यमिक विद्यालयले ७१ औं वार्षिकोत्सव मनाएको छ । आज (शनिबार) विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरि स्थापनाको ७१ औं वार्शिकोत्शाव मनाएको हो। कार्यक्रमको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पानसमा दीप प्रज्वलनगरी उद्घाटन गर्नुभएको थियो ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटनसँगै प्रमुख अतिथी नगर प्रमुख केसीले विद्यालय द्वारा प्रकाश गरिएको प्रकाशपुञ्ज पुस्तकको बिमोचन समेत गर्नुभयो ।
कार्यक्रममा नगरपालिका स्तरिय चौथो राष्ट्रपति कपका विजेता खेलाडी विद्यार्थीहरु , विद्यालयमा उत्कृष्ट विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । वार्षिकोत्सबको अवसरमा २०७९ सालको माध्यमिक शिक्षा परीक्षा SEE मा ४.०० जिपिए ल्याइ नेपाल कै उत्कृष्ट जिपिए ल्याउने समीर सुबेदीलाइ नगद रु ५,००० र सज्जन पाैडेल ३.८० सहित सामुदायिक विद्यालय जिल्ला द्वितीय भएकोमा नगद रु ३,००० सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लेख बहादुर हमालले शैक्षिक सत्र २०७९ को वार्षिक प्रतिबेदन र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आकर्षक गीत तथा नृत्यका साथै विद्यार्थीहरुले बेनीको इतिहास बोकेको पुरानो लाखे नाच समेत प्रदर्शन गरेका थिए ।
कार्यक्रम विद्यालय ब्यवस्थापन समितका अध्यक्ष नवीन कुमार श्रेष्ठको अध्यक्षता विद्यालयका साहायक प्रधानाध्यापक बिनय श्रेष्ठको संचालन र सहायक प्रधानाध्यापक टेक प्रसाद सुबेदिले स्वागत गर्नु भएको थियो ।
।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )