देवी जि.सी. /बेनी, पुष-७, महिला उद्दम विकास समिति म्याग्दीले ३ दिने अबलोकन भ्रमण सम्पन्न गरेको छ । उद्योग बाणिज्य संघ म्याग्दी अन्तर्गत गठित महिला उद्दम बिकास समिति अन्तर्गत कार्यसमितिका १६ जना सम्मिलित भ्रमण टोलीले कालिगण्डकी करिडोर हुँदै कालिगण्डकी “ए” जलविद्युत आयोजना मिर्मि, पाल्पाको ढाका उद्योग, बुटवलको साबुन उद्योग लगायतको अबलोकन गरेको हो ।
उद्दम शिलता बिकासका र ब्यबसयिकताका लागी अनुभव आदान-प्रदान होवोस भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको समितिका अध्यक्ष लक्ष्मी कार्कीले बताउनुभयो । उहाँले बुटवल र चितवनमा भैरहेको पर्यटन प्रवर्धनको प्रभावकारी शैलीलाइ अबलम्बन गर्दै म्याग्दीमा पनि पर्यटन र पर्यटन संगै जोडिएर आउने ब्यबसयलाई प्रभावकारी बनाउन सकिने अनुभव प्राप्त गरेको बताउनुभयो ।
समितिका उपाध्यक्ष अम्बिका श्रेष्ठले बुटवल, चितवन र पाल्पामा संचालित विभिन्न उद्योग, मिठाइ, स्थानीय खाजा भुजिया, बर्फी, महिलाले संचालन गरेका होटल पसलको अबलोकनले पनि धेरैनै सिकाइ भएको बताउनुभयो । उहाँले म्याग्दीमा उत्पादित बस्तुलाइ म्याग्दीको पहिचान हुने गरि ब्रान्डीग गर्नुपर्ने आबश्यकता रहेको र अव त्यतातर्फ पहल गरिने बताउनुभयो। उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरणको लागी बिशेष पहल गरिने श्रेष्ठले बताउनुभयो ।
पुष ४ देखि ६ सम्म कालिगण्डकी करिडोर हुँदै मिर्मि, रिडी, पाल्पा, बुटवल, चितवन र पोखरा हुदै सम्पन्न भएको अवलोकन भ्रमणको म्याग्दी उद्योग बाणिज्य संघले समन्वय गरेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )