म्याग्दी, १७ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले उपचारत विरामीहरुलाई सहयोग गरेको छ । विभिन्न रोगका कारण उपचारत विरामीको लागि संकलन भएको रकम तथा अक्षयकोषको ब्याजबाट उपचारत विरामीहरुलाई सहयोग गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य र प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले विरामीलाई सहयोग हस्तान्तरण गर्नु भएको हो ।
मृगौला, रक्त कोशीका र कलेजोमा समस्या भएका बेनी नगरपालिका २ खवरका धनबहादुर पाठकलाई ओमकुमारी शान्ति कोषको नेतृत्वमा संकलन गरिएको १ लाख ४४ हजार ७८८ रुपैया रकम हस्तान्तरण गरिएको छ । पाठकको सफल उपचार पछी आफ्नो कार्य क्षेत्रमा फर्कीई सक्नुभएको छ । उहाँले औसधि सेवन र फलो अपमा गैरहनु भएको कोषका सदस्य एवम् धनबहादुर पाठक बचाउ अभियानका संयोजक कृष्ण जिसिले बताउनु भयो । उहाँले पाठकको उपचारमा संकलन तथा खर्च रकमको कोषमा जानकारी गराउनु हुदै यो अभियानमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभएको छ ।
कोषले कलेजो प्रत्यारोपन गर्ने धवलागिरी गाउँपालिका–७ धारापानीका खड्कबहादुर थापाको उपचारका लागि संकलन भएको २ लाख ८० हजार ७५० रुपैयाँ रकम विरामीको आफन्तलाई हस्तान्तरण गरेको र आज नै अष्टेलियामा रहेका विरामीका आफन्तहरुले संकलन गरेर पठाएका ८० हजार रकम समेत हस्तान्तरण गरेको छ ।
गरिवी तथा विरामीको अक्षकोषबाट प्राप्त ब्याजलाई संस्थाको निर्णयअनुसार बेनी नगरपालिका ६ जामुनाखर्कका हातको अप्ररेशन गरेका १३ बर्षिय अनिल विश्वकर्मालाई ११ हजार ५ सय रुपैया, घाटीको क्यासर भएर उपचारत धवलागिरी गाउँपालिका–५ मल्कवाङका ५८ बर्षिय टेकबहादुर छन्त्याललाई १२ हजार, मृगौला फेल भएका धवलागिरी गाउँपालिका–४ मुदीका २३ बर्षका खगेन्द्र हमाललाई ७ हजार, घाटीको क्यान्सर भएका बेनी नगरपालिका –९ काउँलेगौडाका मोमबहादुर थापालाइ १८ हजार रुपैयाँ, जन्मजात नाईटोबाट आन्द्रा बाहिर निस्केका बेनी नगरपालिका–९ का भोविन किसानलाई ७ हजार, मृगौला फेल भएका रघुगंगा गाउँपालिका–४ दग्नामका अजय परियारलाई ७ हजार सहयोग प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि थापाले उपचारत विरामीहरुलाई सानो सहयोगले पनि ठुलो राहत हुने बताउनु भयो । कोषका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष राजेश शाक्यले सहयोग प्राप्त जटिल उपचारका विरामीलाई आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता जनाउदै स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सहयोगमा धेरै विरामीको ज्यान जोगाउन सफल भएको बताउनुभएको छ । हालसम्म २ सय ८ जना विरामीलाई उपचारमा आर्थिक सहयोग भएको कोषले जनाएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष राजेश शाक्यको अध्यक्षता शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाको प्रमुख आतिथ्यता , उपाध्यक्ष खम थापामगरको स्वागत सचिव लोकश पुनमगरको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )