म्याग्दी, पुष-२, प्रबासमा बसेर पत्रकारिता गर्दै आउनुभएका तिलु शर्मा कतारमा पुरष्कृत हुनु भएको छ । म्याग्दी जिल्लाको रघुगंगा गाउँ पालिका वडा नं २ स्थाई ठेगाना भइ लामो समयदेखि कतारमा रोजगारी संगै पत्रकारिता गर्दै आउनुभएका शर्मालाई शुक्रबार दुइ फरक फरक कार्यक्रमहरुमा सम्मान गरिएको हो ।
कतारको राजधानी दोहा स्ठित प्लाजामलको लालिगुँरास रेस्टुरेन्टको सभाहलमा शुक्रबार सम्पन्न भएको नेपाली श्रमिक कल्याणकारी संघ कतारको चौथो अधिवेशन र होटल रेडिसन, भेनस सभा हलमा भएको शेष घलेद्वारा संरक्षित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको दशौँ अधिवेशन तथा रचना वाचन कार्यक्रमबाट शर्माले एकै दिन छुट्टाछुट्टै दुई सम्मान पाउनुभएको हो । शर्माले कतारमा रहेर पत्रकारिता मार्फत मार्फत प्रवासी नेपालीहरुको हकहित र अधिकारको सुनिश्चितता साथै नेपाली भाषा, कला संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली श्रमिक कल्याणकारी संघले मायाको चिनोसहित कदरपत्र र एनआरएनए एनसिसि कतारले प्रशंसापत्रको साथमा नगद २ सय ५ कतारी रियाल (नेरु ७ हजार १ सय) सहित सम्मान गरेको हो ।
सम्मानित भएपछी शर्माले पत्रकारिता मार्फत आवाज विहिनहरुको आवाज बोल्दै र सत्य तथ्यको खोजी गर्दै कयौं असहजताहरु सङ्ग लड्दै गलत र विसङ्गती विरुद्ध निष्पक्ष लेख्ने आँट गरेको भएर नै आफुले यो सम्मान पाएको बताउनुभयो ।
कतारमा करिब दुई दशक बिताइसकेका शर्मा २०१४ देखि म्याग्दी अनलाइन, साझा नेटवर्क, लालीगुराँस, केन्द्रबिन्दु डटकम, अनलाईन पोर्टल हुँदै अहिले मध्याह्न राष्ट्रिय दैनिकमा आबद्ध भएर कतारबाट संबाददाताको रुपमा कलम चलाउदै आउनुभएको छ । समाचार श्रोत : नेपाली जनता खबर
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )