बेनी, पुष-२, म्याग्दीका क्रियाशील पत्रकार धिरन बहादुर खत्री पुरस्कृत हुनुभएको छ आइतबार । आइतबार म्याग्दी मिडिया सोसाइटीको सातौ वार्षिक साधारणसभाको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा आयोजित समारोहमा रु. नौ हजार ६८९ नगद सहित खत्रीलाई “मिडिया सोसाइटी अवार्ड–२०८०” प्रदान गर्दै सम्मान गरिएको हो ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारी, बेनि नपा–४ का वडा अध्यक्ष अणबहादुुर खड्का, सोसाइटीका अध्यक्ष कमल खत्री र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले खत्रीलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । पत्रकार खत्री खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिक, कोरला पोष्ट डटकमका संचालक, म्याग्दी अनलाईन, कारोबार दैनिक, रेडियो नेपाल र एभिन्युज टेलिभिजनमा आवद्ध हुुुनुुहुुन्छ ।
वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको संस्थाले जनाएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुुर भण्डारीले स्थानीय पत्रकार र सञ्चार माध्यमको संरक्षणमा नीतिगत व्यवस्था गर्न पहल गर्ने बताउनुुभयो । बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुुर खड्का (भगवान)ले स्थानीय स्रोत साधनको पहिचान र त्यसलाई प्रर्वद्धनका लागि सञ्चार माध्यमहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुुभयो ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, संस्थापक अध्यक्ष घनश्याम खड्काले मिडिया उद्योग धरासायी हुुदै जाँदा पत्रकार पलायन हुुने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुुभयो । सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको उपाध्यक्ष हरिकृष्ण गौतमले बताउनुुभयो ।
साधारणसभाले सचिव अमित बिश्वकर्माको प्रगति र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यको आर्थिक प्रतिवेदनका साथै आगामी कार्ययोजना पारित गरेको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुुभएको थियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )