पर्वत, मंगसिर-२०, पर्वतमा सुबिधा सम्पन्न बसपार्क निर्माण धमाधम भैरहेको छ । लामो समय देखिको वसपार्क समस्या अव भने पर्वत सदरमुकाम कुश्मा बजारमा समाधान हुने भएको हो । जिल्लाको कुश्मा नगरपालिका वडा न ६ बान्द्रेवीडि चौरमा सुविधासम्पन्न बसपार्क निर्माण हुन लागेको हो ।
सहरी तथा भवन डिभिजन कार्यालय बागलुङ मार्फत सरकारले बान्द्रेवीडि चौरमा बसपार्क निर्माण गर्दैछ । कुल ८ करोडको लागतमा निर्माण हुन लागेको बसपार्क विजय राङखोला सिद्धबाबा जेभी कम्पनीले ७ करोड १० लाख लागतमा निर्माणको सम्झौता गरेको छ ।
हालसम्म ७५ प्रतिशत काम सकिएको निर्माण ब्यवसायीका प्राविधिक सविन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार टर्मिनल भवन, यात्रु कक्ष र पसलहरुका लागि सटर निर्माणको काम भईरहेको छ ।
साना सवारीलाई अलग्गै र ठूला सवारीलाई अलग्गै पार्किङ गर्न मिल्ने, बसपार्क क्षेत्रमा पार्किङको ब्यवस्था , बसपार्कबाट नै टिकट काट्न मिल्ने गरी टिकट बुकिङ काउन्टरहरुको समेत स्थापना गरिएको छ । आगामी असार महिनासम्म वसपार्कको काम सम्पन्न हुने गरी काम भईरहेको निर्माण कम्पनीले जनाएको छ ।
बसपार्क निर्माण संगै लामो समय देखि वसपार्कको अभावका कारण सडकहरुमा वसहरु पार्किङ गर्नुपर्ने बाध्यता अव भने कुश्मामा हटने भएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )