देवी जि.सी./अन्नपुर्ण, मंसिर-१५, म्याग्दीको अन्नपुर्ण गाउँ पालिका दानामा, बालबिबाह, प्रजजन स्वास्थ्य र लागु पदार्थ दुर्व्यसन समन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । बिहिबार अन्नपुर्ण गाउँ पालिकाको ज्ञान प्रकाश मावि दानका किशोर किशोरीहरुलाई प्रशिक्षण दिइएको हो ।
कार्यक्रममा लैंगिक हिँसा, महिला आन्दोलनको इतिहास र उपलब्धिका बारेमा अन्नपुर्ण गाउँपालिकाका उपप्रमुख दिवा पुनले प्रशिक्षण दिनु भएको थियो । बालबिबाह, बाल बिबाहको असर, न्युनिकरणका उपाय र सरोकारवालाको भूमिकाको विषयमा अन्नपुर्ण गाउँपालिकाका प्रशासन शाखा प्रमुख एवं वाल कल्याण अधिकारी भगवती खड्काले प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी वाल बिबाह र प्रजनन स्वास्थ्य सम्बन्धि विषयमा अन्नपुर्ण गा.पा. का स्वस्स्थ्य चौकी प्रमुख रबिना दर्जी, लागु पदार्थ दुर्व्यसनी र त्यसले निम्त्याउने असरका बारेमा प्रहरी सहायक निरीक्षक प्रविन काफ्ले, साथै ट्राफिक नियम सम्बन्धी जानाकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक हवल्दार रामकृष्ण पन्तले जानाकारी गराउनुभएको थियो ।
कार्यक्रममा माध्यमिक तहमा अध्ययनरत बालबालिका, बाल क्लबका प्रतिनिधि, आमा समूह, महिला सहकारी, जनप्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी दाना शाखा, महिला सामुदायिक स्वयमसेबीका स्थानीय पत्रकारहरुको उपस्थिति थियो । जसमा गा पा अध्यक्ष उपाध्यक्ष महिला बालबालिका शाखा प्रमुख प्रशासन शाखा तथा वालकल्याण अधिकारी, दाना स्वास्थ शाखा ईन्चार्ज र बिद्यालय प्रधानाध्यापक समेत गरी कूल ६३ जना सरोकारबाला निकायहरुको उपस्थिति थियो ।
अन्नपुर्ण गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रमको संयोजन मिलन म्याग्दी, सहकार्य संचारीका समूह म्याग्दी र NCE म्याग्दीले गरेको थियो ।अन्नपूर्ण गाउँपालिका वडा नं ३ का अध्यक्ष रमेश पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संगै कार्यक्रमको उद्देश्य र औचित्यताबारे मिलन म्याग्दीका अध्यक्ष एवम् एनसिई (NCE) जिल्ला संयोजक दिलमाया बिटालुले प्रकाश पार्नुभएको थियो । कार्यक्रमको संचालन गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सविना सर्लामि मगरले गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )