बाग्लुंग, मंसिर-५, बागलुङको ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि समाजिक संञ्जाल फेसबुकमार्फत सम्पर्कमा आएका छन् । उनले आफ्नो व्यक्तिगत फेसबुकमार्फत बचत कर्ताहरुलाई आफू जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नु परेको बताएका छन् ।
शेयर सदस्यले नै इमेज सहकारी ब्यूताउदै भन्ने समाचार प्रकाशित भएको भोलिपल्टै नेपाली फेसबुक लाईभ मार्फत सम्पर्कमा आउनुभएको छ । उनले मेरो घरमा हतियार सहित ज्यान मार्ने धम्की दिएको र ६ लाख बचत भएकाले करोडौको घर मागेको भन्दै वेपत्ता हुनुपरेको बताए ।
संस्थापक अध्यक्षकै हैसियतले वक्तव्य निकालेर जानकारी समेत दिएको भन्दै लाईभ मार्फत इमेज सहकारीको समस्या व्यवहारिक रुपमा समाधान गर्ने बताए ।
आफ्नो चल/अचल सम्पती पुरै बागलुङमा रहेको र कर्मचारीले आफुलाई असहयोग भएको बताउदै उनले नगरप्रमुख भएर वुर्तिवाङमा बस्दा सहकारीमा समय दिन नसकिएको स्विकार गरेका छन् । उनले इमेजमा बचत कर्ताहरुले भनेजस्तो पुरै डिपोजिट नभएको जिकिर गरे । कर्मचारीहरुले मनोबोली ढंगले ऋण लगानी गरेको समेत जानकारी दिदै केही साथीहरु ६ महिना सम्म बचत फिर्ता गर्ने समय सम्म धैर्य गर्न नसेको बताए । आदर्श संचारबाट साभार
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )