म्याग्दी, मंसिर -४, म्याग्दी जेसीजको मूल आयोजनामा म्याग्दीको सदरमुकाम बेनीमा हुने २१ औं जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिताको लोगो र टाईटल स्पोन्सर सार्वजनिक गरिएको छ । म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा मंसिर १९ गतेदेखि २३ गतेसम्म संचालन हुने जिल्ला स्तरीय अन्तर मावि जेसीज कप फुटवल प्रतियोगिताको सोमबार पत्रकार सम्मेलनमार्फत लोगो र प्रायोजक सार्वजनिक गरिएको हो।
२१ औं संस्करणको जेसिस कप प्रतियोगिताको टाईटल प्रायोजकमा राम–विमला फाउण्डेशन रहेको शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई राम–विमला फाउण्डेशन जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिताको रुपमा संचालन गरिने जानकारी दिनुभयो ।
त्यसैगरी प्रतियोगिताको सह आयोजक मिन बहादुर बिश्वकर्मा स्मृति कोष रहेको छ । अध्यक्ष बानियाँले मंसिर १९ गतेदेखि सुरु हुने फुटवल प्रतियोगितामा जिल्लाभित्र सबै विद्यालयलाई सहभागि हुने गरी तयारी गरिदिनुहनु समेत आग्रह गर्नुभएको छ।
प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश नगद २५ सय पुरुस्कारले पुरस्कृत गरिने मुल संयोजक म्याग्दी जेसिसका कार्यकारिणी उपाध्यक्ष बिनोद घर्ति क्षेत्रीले बताउनुभयो । त्यस्तै अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित प्रतियोगितामा गत वर्षभन्दा धेरै विद्यालयको सहभागिता हुने अपेक्षा गरिएको अध्यक्ष बानियाले बताउनुभयो । प्रतियोगितामा कुल ७ लाख ५० हजारभन्दा बढी खर्चको अनुमान गरिएको बताइएको छ ।
प्रतियोगितालाई सफल बनाउन म्याग्दी जेसिसका कार्यकारिणी उपाध्यक्ष विनोद घर्ती क्षेत्रीको मूल संयोजकमा विभिन्न १७ वटा उपसमिति गठन गरेर तयारी अगाडी बढाईएको अध्यक्ष बानियाँले बताउनुभयो ।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै आगामी दिनमा जिल्लाका विभिन्न स्थानिय तहहरु संग समन्वय गरेर सदरमुकाम बाहिर समेत प्रतियोगिता संचालन गरिने बताउनुभयो । बिगतका प्रतियोगितामा सदरमुकाम बाहिरबाट समेत धेरै विद्यालय सहभागी हुनुका साथै बिजेता समेत बन्न थालेका र सदरमुकाम बाहिर पर्याप्त पुर्वार्धार समेत तयार भएकोले आगामी दिनमा सदरमुकाम बाहिर समेत प्रतियोगिता संचालन गरिने लक्ष रहेको अध्यक्ष बानियाले बताउनुभयो ।
विद्यालय तहमा हुने जिल्ला स्तरीय फुटवल प्रतियोगितालाई सफल बनाउन बिगतका दिनमा जस्तै यसपटक पनि प्रचार प्रसार मार्फत सहयोग गरिदिन संचार माध्यमलाई आग्रह गर्नुभएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )