जलजला, मंसिर-३, कालंजर समाज पोखराले मानविय पिडामा परेर दुःखमा रहेका समाजका सदस्य दिपक सुबेदीलाई सहयोग गरेका छन् । वर्ष दिनको खेतीपाती पाकेर पहेलपुर भएर पाकेको धान थन्क्याउनका लागि सहयोग गरेका हुन् ।
पर्वतको जलजला गाविस वाड नं ५ स्यायी ठेगाना भएका दिपक सुवेदीका वुवा धर्मदत्त सुवेदीको निधन भएपछि सुवेदीले पोखरा २६ को विजयपुरमा भाडामा लिएर कुर्षी फर्म संचालन गर्दै आएको १३ रोपनी जग्गाको धान वारीमा रुमलिन थालेपछि मल्लाज कालायन्जर सेवा समाजको सक्रितमा धान काटेर थन्काउने काम गरिएको हो ।
सुवेदीका वुवा धर्मदत्तको गत कार्तीक २७ गते निधन भएपछि उनि किरियामा वस्नु पर्ने भएपछि पाकेको धान थन्क्याउनका लागि समाजका कोषाध्यक्ष खेमनाथ शर्माको अग्रसरतामा समाजका २९ र स्थानिय गरि करिव ४० जनाको जनश्रमदानमा धान काटेर सहयोग गरिएको हो ।
सुवेदी परिवार काज किरियाबाट उम्कदा सम्ममा खेतमा लगाएको जेठो बुढो धान पाकेर झर्ने भएपछि पर्वतको जलजलाबाट पोखराको बिभिन्न ठाउमा रहेका ब्यक्तिहरुको सहभागीतामा धान काट्ने काम भएको हो भने अव वाकी रहेको काम पनि समाजकै अग्रसरतामा गरिने समाजका अध्यक्ष नारायण प्रसाद सुवेदीेले जानकारी दिनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )