विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको एक विद्यालय बन्द गरिएको छ जिल्लाको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि केही दिनका लागि बन्द गरिएको हो ।
करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको बताईएको छ । विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन्।
बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताउनु भएको छ ।
एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठिक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो।
साथै, केही दिन अगाडिमात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो। उपचार गरी ठिक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको छ ।
कोरोनाको प्रभाव कम भएजस्तो देखिए पनि जोखिम उत्तिकै रहेको । विद्यालय सबै भन्दा धेरै जमघट हुने स्थल भएकोले धेरै सावधानी अपनाउनु पर्ने देखिन्छ । लामो समयदेखि बन्द रहेका विद्यालयहरु मङ्सिर यता फाट्ट फुट्ट रुपमा खुले पनि देशभरी माघ पछी मात्र विद्यालय संचालनमा आएका हुन् ।
एकातिर शैक्षिक सत्र गुम्ने डरले पाठ्यक्रम संकुचन गरेर पठनपाठन हुदै आएको छ । अर्को तर्फ जोखिम उत्तिकै रहेकोले अझै पनि सन्त्रासमुक्त भएर पढ्ने र पढाउने वाताव्वारण नरहेको अवस्थामा सवाधानी अपनाउनु पर्ने सरोकारवाला बताउदछन ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )