बेनी, कार्तिक-२, म्याग्दीको बेनी अस्पतालले विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको छ । विहिबार गण्डकी प्रदेश सरकार अन्तरगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले एक कार्यक्रमका बीच सेवाको शुभराम्भ गर्नुभएको हो ।
मन्त्री सिंखडाले प्रदेश सेवा प्रारम्भ पश्चात बोल्दै सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर स्वास्थ्यको सेवा विस्तारका लागि बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले जिल्लाका सरकारी अस्पतालमा आवश्यक पर्ने जनशक्ति ब्यवस्थापन गर्न प्रक्रिया अघि बढेको उल्लेख गर्दै पहिलो प्राथमिकतामा बेनी अस्पतालाई राखेर जनशक्ति उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने स्वास्थ्य सेवालाई प्रभावकारी र ब्यवस्थित रुपमा अघि बढाउन जिल्ला जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, ब्यवस्थापन समिति, कार्यरत डाक्टर, नर्स र कर्मचारीको समन्वयकारी भूमिका आवश्यक हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बेनी नगरपािलका नगरप्रमुख सुरत केसी, स्वास्थ्य मन्त्रालयका महानिर्देशक खिमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने स्वास्थ्य सेवाले ग्रामिण भेगका जनतालाई सहज हुने बताउदै यसलाई प्रभावकारी रुपमा संचालन गर्न सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । प्रजिअ पौडेलले सरकारले अस्पतालाकोलाई आवश्यक पर्ने दरबन्दी उपलब्ध गराउन र कर्मचारीलाई छिट्टो छिट्टो सरुवा नगर्न स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख र स्वास्थ्य मंत्रीले प्रतिबदता गर्नुपर्ने बताउनुभयो ।
बेनी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले दैनिक रुपमा १३ घण्टाको ओपीडी सेवा विस्तारले कर्मचारी, विद्यार्थी ज्याला मजदुरी, ब्यापारी र ग्रामिण भेगका जनतालाई सहयोग पुग्ने उल्लेख गर्दै यसलाई प्रभावकारी रुपमा उपलब्ध गराउन भएको स्रोतसाधनलाई प्रयोग गर्ने बताउनुभयो । उहाँले विरामीले ओपिडी सेवाका लागि लामो समय अस्पतालमा पर्दैन, थप शुल्कपनि लाग्दैन, स्वास्थ्य विमाबाट पनि सेवा पाउने जानकारी गराउनुभयो ।
सेवा विस्तार कार्यक्रममा बेनी अस्पतालकी डाक्टर अन्जु थापाले यस भन्दा पहिल्य सेवाग्राहीले भोग्नुपनरेको समस्या र गुनासोलाई सम्बोन्ध गर्दै अस्पतालले दिदै आएको सेवालाई विहान ७ बजेबाट सुरु गरेर बेलुका ८ बजेसम्म संचालन गरेको बताउनुभयो । उहाँले यसलाई निरन्तरता र प्रभावकारी रुपमा संचालन गर्न सबैले सहयोग गर्न आग्रह गर्नुभयो । शनिबार र सार्वजनिक विदाको दिनमा पनि ओपिडी सेवा संचालन गरिने बेनी अस्पातालले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )