म्याग्दी,असोज-१८, म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आसन्न पाँचौं महाधिवेशनमा सुनेस केसीले महासचिव पदमा उम्मेदवारी दिएका छन् । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न हुने महाधिवेशनमा केसीले दक्षिण कोरियाबाट उम्मेदवारी घोषणा गरेका हुन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको निवर्तमान अध्यक्ष एवं मोना अन्तर्राष्ट्रिय समितिका सचिवसमेत रहेका केसीले कोरियाको हाङ्कुक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधी (पिएच.डी) गरिरहेका छन् । “पढाइका लागि दक्षिण कोरिया आएदेखि नै मोनामार्फत् सामाजिक गतिविधिमा सकृय हुँद आएको छु,” केसीले टेलिफोनमा भने, “मोना कोरियालाई सफल नैतृत्व दिएको भन्दै साथीहरुले पनि मोना अन्तर्राष्ट्रिय समितिमा काम गर्न सुझाव दिएपछि महासचिव पदमा दावेदारी प्रस्तुत गरेको हुँ ।”
मोना अन्तर्राष्टिय समितिलाई नयाँ उचाइमा पु¥याउन र संस्थाप्रति सबै प्रवासी म्याग्देलीहरुको अपनत्व सिर्जना हुने गरी काम गर्नका लागि आफुले उम्मेदवारी दिएको केसीले बताएका छन् । “मोनामार्फत् जिल्लामा भएका पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यका क्षेत्रमा हुँदै आएको सहयोगलाई अझै प्रभावकारी बनाउन, संसारभर छरिएका नेपालीमाझ मोनाको पहुँच विस्तार गर्न र मोना अन्तर्राष्ट्रियकौ संस्थागत विकासका लागि मेरो उम्मेदवारी हो,” केसीले भने, “संसारभर छरिएका म्याग्देली अगुवा, यस क्षेत्रमा काम गर्दै आएका सबैबाट सहयोगको अपेक्षा गरेको छु ।”
अङ्ग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र एम.फिल. उत्तीर्ण गरिसकेका केसीले विद्यार्थी जीवनदेखि नै विभिन्न संघसंस्थामार्फत् समाजसेवा गर्दै आएको जानकारी दिएका छन् ।
मोना अन्तर्राट्रयकौ पाँचौं महाधिवेशन यही असोज २६ गतेदेखि २८ गतेसम्म सदरमुकाम बेनीमा सम्पन्न हुँदैछ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )