म्याग्दी, असोज-१५, म्याग्दीका गायक सफल जिसीको नयाँ गीत “पुगेन” सार्वजनिक भएको छ । म्याग्दीको मंगला गाउँपालिका-२ सल्यान घर भई हाल युकेमा रहेका गायक सफल जिसीको हिपहप गीत ‘पुगेन’हालै मात्र सार्वजनिक गरेका हुन् ।
सानै उमेर देखि गीत संगीतमा रुची रहेका जि.सी.लाइ उनका बुवा गोबिन्द जिसीको प्रेरणा मिलेको र आफुलाई पनि गीत संगीतमा निकै रुची भएकोले युवा माझ लोकप्रिय हिपहप शैलीको र्याप गीत सार्वजनिक गरेको सफलले बताए । गीतको शब्द संगीत र गायन जिसी आफैको रहेको छ ।
आमा रिना जिसी र बाबा गोबिन्द जिसीका सुपुत्र सफल जिसी अहिले बेलायतमा बस्स्दै आइरहेका छन् । गीतको सबै दृश्य बेलायत मै छायांकन गरिएको छ । ‘थोरैले मलाई पुग्दैन, चाहिन्छ अलि बढि बढि, समय किन्न मिल्ने भए किन्ने थिएन मैले घडि’ जस्ता यथार्थ प्रक शब्दहरु रहेको गीत गीतका शव्दहरुले युवा अवस्थाको जीवनलाई चित्रण गरेको देखिन्छ ।
आफ्नो सानै देखिको रहर संगीतमा रहेकाले पहिलो गीत ‘पुगेन’ युकेमै रेकर्ड तथा छायाँकन गरेर सार्वजनिक गरेको गायक जिसीले बताउनुभयो । उहाँलाई संगीतमा लाग्नका लागि बाबा गोविन्द जिसी र यता म्याग्देली गायक ध्रुब जि.सी. को समेत प्रेरणा मिलेको बताए । जिसीले काका ध्रुब जि.सि.ले लोक दोहोरी मार्फत गीत संगीतको प्रबर्धनमा लागेको र आफु भने युवाहरु माझ हिप हप शैलीको गीत मार्फत सचेतना फैलाउने उदेश्य रहेको बताएका छन् ।
भिडियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )