बेनी, असोज-४, म्याग्दी सदरमुकाम बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु भएको छ । म्याग्दी जेसीजको आतिथ्यतामा विहिबारदेखि सुरु भएको सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो ।
आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा देशभरबाट करिब ६ सयभन्दा बढीले सहभागिता जनाएका छन् । त्यसैगरी देशभरका एक सय ७८ वटै नेपाल जेसीजका शाखाहरूबाट समेत पर्यवेक्षकको रूपमा सहभागिता रहेको छ । सम्मेलनले म्याग्दीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न विद्याका व्यक्तीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा कृषि र पशुपालन क्षेत्रमा योगदान पुर्याउने धवलागिरि गाउँपालिका–५,मल्कबाङका भेडापालक किसान हिमबहादुर छन्त्याल (देवान), लोकसङ्गीत मार्फत म्याग्दी जिल्लालाई देश बिदेशमा चिनाउन सफल लोकप्रिय गायक मङ्गला गाउँपालिका–३,का प्रकाश दुतराज, विपत् व्यवस्थापन तथा उद्धारमा क्रियाशील भएर समाजमा उत्कृष्ट योगदान दिएका बिपदका साथि अन्नपूर्ण गाउँपालिका–३, दानाका इन्द्रसिंह शेरचन र युवा लघुउद्यमी धवलागिरि गाउँपालिका–७ ,धारापानीका किरण थापालाई सम्मान गरिएको हो ।उहाँ हरुलाई जनही नगद ६ हजार रुपियाँ ,सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानगरिएको थियो ।
मुख्यमन्त्री पाण्डे, प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, प्रदेशसभाका सदस्यहरू हरि भण्डारी, विमला गौचन र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर लगायत जेसीजका पदाधिकारीहरूले संयुक्त रुपमा सम्मान गर्नु भएको हो।
उद्घाटनको पुर्वसन्ध्यामा बेनिबजारको विभिन्न चोकहरुमा पुख्र्यौली हनुमान नाच, जातीय नृत्यहरु, बाजागाजा र झाँकी सहितको र्यालीले बेनी बजार परिक्रममा गरिएको थियो ।
बेनिबजारका सडकका छेउमा उभिएर विभिन्न विद्यालयका विद्यार्थीहरु, टोल बासीहरुले जेसिजको सम्मेलनमा सहभागी हुन आएका अतिधिहरुलाई तालि बजाएर स्वागत गरेका थिए ।
आज साँझ जेसिजका सहभागीहरुको सम्मानमा म्याग्दीको मौलिक कला र संस्कृति सहितको “म्याग्दी साँझ” प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )