बेनी, साउन-२९, केहि दिनदेखि आँखा पाक्ने सरुवा रोगको प्रकोप बढ्दै गएपछि म्याग्दीको बेनी नगरपालिकाले पालिका भित्रका विद्यालयहरु चारदिनका लागी बन्द गर्ने निर्णय गरेको छ ।
बेनी नगरपालिकाले सोमबार सुचना प्रकाशित गरि नगर क्षेत्रका अधिकांश विद्यालयाका विद्यार्थीहरु संक्रमित भएको संक्रमण दर बढेको र अझै फैलन सक्ने भएकोले रोगको संक्रमण नियन्त्रण गर्न साउन ३० गते देखि भदौ १ गते सम्मकालागी विद्यालय बन्द गरिने जनाएको हो ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको र विद्यालयमा धेरै विद्यार्थीहरु संक्रमित भएकोले फैलन नदिन र जोखिम न्यूनीकरण गर्न विद्यालय बन्द गर्ने निर्णय गरेको नगर प्रमुख सुरत केसीले बताउनु भयो ।
बेनी अस्पतालले पनि केहि दिन देखि आँखाका बिरामीहरु बढेको जनाएको छ । डाक्टरहरुका अनुसार संक्रमण भैसकेपछि सुरुमा आँखा बिझाउने, चिलाउने चिप्रा टाँसिने आँखा रातो हुने आँसु बग्ने उज्यालोमा हेर्न गाह्रो हुने लगायतका लक्षण देखापर्ने गर्दछन् ।
नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र क्याम्पस चोक बेनिमा आँखा जाँच गराउन आउने बिरामिहरु मध्य ७०% मा आँखा पाक्ने रोगको समस्या देखिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले जानकारी दिनु भयो ।
चिकित्सकले रोग लाग्न नदिन आँखा सफा राख्न र रोग लागेको खण्डमा बिहान बेलुकी सफा पानीले आँखा पखाल्न तथा बरफले सेक्न आग्रह गरेका छन् । आँखामा समस्या देखिएका व्यक्तिलाई कालो चस्माको प्रयोग गर्न, भिडभाडमा नजान, कालो चस्माको प्रयोग गर्न र चिकित्सकको सल्लाह अनुसार उपचार गर्न आग्रह गरेको छ ।
त्यसैगरी बेनीको न्यु वेष्ट पोइन्ट बिद्यालयले अभिभावकका लागी सुचना जारी गर्दै विद्यालय बन्दगर्नु भनेको छुट्टी भएर गाउँ गाउँ जानु नभई आँखाको समस्या भएका विद्यार्थीहरु आइसोलेसनमा बस्नु हो र संक्रमण फैलन रोक्ने हो । गाउँ-गाउमा जाँदा झन् संक्रमण गाउँ सम्म पुग्ने र अहिले बर्खाको समय भएकोले खोलानाला र पहिरोको समस्या पनि उत्तिकै छ त्यसैले नानीबाबुहरुलाई भिडभाडमा नजान घरमै बस्न सल्लाह दिइएको जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )