जलजला, साउन-२७, पर्वतको जलजला गाउँपालिकामा-२ पूर्णागाउँ स्थित कुल बराह ताल पुरिएको छ । जलजला -५ स्थित कुवापानीको चिहान डाँडाबाट खसेको पहिरो र लेदो बग्दा पूर्णागाउँ स्थित बराह ताल पुरिएको हो । नेपाली कांग्रेस जलजला-२ का सभापती एवं समाजसेवी खिम बहादुर खत्रीका अनुसार हिजो राति देखि परेको बर्षाका कारण कुवापानीको डिलबाट फेरी पहिरो खसेको र पहिले नै खसेर थुप्रिएको कमेरो सहितको बाढीले ताल पुरिएको हो । अंग्रेजी सी (c) आकारको तालको ७५ प्रतिसत भाग पुरिएको छ ।
आज दिउसो नै स्थानीय ब्यक्तीहरु बराह ताल र कुलबराह मन्दिर परिसरमा भेला भई कसरी पहिरोको जोखिम र क्षती कम गर्न सकिन्छ भनेर छलफल गरिएको भोलि मल्लाज साम्मारे स्थित घर्ति क्षेत्रीको भवनमा छलफलको लागी सरोकारवालालाई बोलाइएको बताउनुभयो ।
पहिरोका कारण हाल सात घरपरिवार विस्थापित भएका छन् सात परिवारका २४ जना अहिले अहिले नवजागरण महिला समुहको भवनमा आश्रय लिएर बसेका छन् । पूर्णरुपले बिस्थापित हुनेहरुमा जलजला गाउँपालिका वडा–२ मूलघडेरीका रविन पुन, पदम कार्की, नगेन्द्र कार्की, डम्वर बहादुर खत्री, गम बहादुर पौडेलको परिवार रहेका छन् ।
पहिरोका कारण अहिले भेडाओडारको बनक्षेत्र, भेडा ओडारको हिउदेपानी हुदै मुलघडेरी र पूर्णगाउँ सम्मको ९० रोपनी जग्गा पूर्ण रुपमा क्षति भएको छ । अहिले पनि पहिरो खसिरहेको र बर्षाका कारण कमेरोमाटो सहितको लेदो बगिरहेको छ । खिम बहादुर खत्रीले स्थानियहरुलाई चनाखो रहन आव्हान गरिएको बताउनुभएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )