बेनी, साउन-१९, म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट विद्यालयले कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखीकरण गरेको छ। विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई आज (शुक्रबार ) एक कार्यक्रमको आयोजनागरी अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष यज्जनलाल शाक्यले विद्यालयलाई यस क्षेत्रकै नमुना विद्यालय बनाउन आफुले यसको भौतिक पूर्वाधार र शैक्षिक सामग्रीका लागी समय सापेक्ष सुधार गर्दै लैजाने बताउनुभयो उहाँले विद्यार्थीको सिकाइका लागी अभिभावकहरुले समेत सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो ।
फाउन्डेसनका संस्थापक निर्देशक सुदर्शनकुमार श्रेष्ठले हरेक व्यक्तिले चाहेको भनेको खुसि हो त्यो खुशी भनेको परिवार समाज र समग्र राष्ट्र संग जोडिएको कुरा हो, त्यसैले हरेक व्यक्तिले अंकको लागी नभएर ज्ञानको लागी पढ्नुपर्ने र देश प्रति जिम्मेवार बन्न उत्प्रेरित गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल डिबी दाहालले नव आगन्तुक विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदानगर्दै जीवनमा सबैभन्दा नाजिकको साथि आफु नै रहेको र आफुले आफुलाई नै चिन्न सक्नुपर्ने बताउनुभयो । उहाँले जीवनमा आफुलाई मन परेको चिज गर्नु पर्ने र जे काम गर्न थालिएको छ त्यसमा रमाउन सक्नुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष बिष्णु रोका मगरले ब्यबस्थापन विषयप्रति धेरै विद्यार्थीको रोजाई बढेकोले जिल्ला मै रहेका विद्यालयहरु रोजेकोमा विद्यार्थीहरुलाई धन्यबाद दिंदै आगामी दिनमा शैक्षिक सफलताको शुभकामना प्रदान गर्नुभयो।
कार्यक्रममा कक्षा १२ का सुबिया ढुंगाना कक्षा ११ का कारण केसी र शिशिर छन्त्यालले गीत प्रस्तुत गरेर मनोरंजन प्रदान गरेका थिए । दुइ सत्रमा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपलले विद्यार्थीहरुलाई विद्यालयको संक्षिप्त इतिहास, हालसम्मको उपलब्धि, विभिन्न बिभाग र संगठनात्मक संरचनाको श्रब्य-दृश्य सामग्री साथै विद्यालयका नियम, परीक्षा प्रणाली, विभिन्न क्रियाकलाप लागयतका विषयमा जनाकारी गराउनुभएको थियो ।
वेष्ट पोइन्ट विद्यालयले ब्यबस्थापन समुहका विषय मात्रै पढाइरहेको छ । वर्ष २०८०/८१ का लागी १०५ जना विद्यार्थीहरु भर्ना भएका र कम्प्युटर साइन्स, फाइनान्स र बिजनेस स्टडीका ३ वटा सेक्सनमा क्रमश ३३, ३५ र ३७ जना विद्यार्थी राखेर पढाइ संचालन गरेको छ । SEE को ग्रेड बृद्दी परीक्षाको नतिजापछी समेत भर्ना हुन चाहनेका लागी अझै १० -१५ जना सम्म विद्यार्थी भर्ना लिन सकिने विद्यालयले जनाएको छ । आज अभिमुखीकरण कर्यक्रम सम्पन्न गरेको विद्यालयले साउन ५ गते परिचयात्मक अभिमुखीकरण गरी पठन-पाठन शुरु गरेको हो ।
आज सम्पन्न भएको विद्यार्थी अभिमुखीकरण कार्यक्रममा अभिभावकहरुको समेत उपस्थिति रहेको र कार्यक्रमको अन्त्यमा विद्यालयको गीतको अभ्यासगर्दै समापान गरिएको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )