म्याग्दी, साउन-१०, म्याग्देली कलाकार नकुल ढकालको नयाँ तीज गीत “छोरी ” सार्वजनिक भएको छ । एक सय बर्ष अघिको कथा बस्तुलाई समेटेर तयार गरिएको तीज गीत ‘छोरी’ म्युजिक सोंमबार नकुल ढकालको यु ट्युब मार्फत भिडियो सहित सार्वजनिक भएको हो । गीतको भिडियोमा तत्कालिन प्रधानमन्त्री चन्द्र शम्शेर राणाले सति प्रथा उन्मुलन गरेको सन्दर्भ समेतलाई प्रस्तुत गरिएको छ ।
करिव सय वर्ष पुरानो सामाजिक परिवेशलाई समेटेर तयार पारिएको गीतमा तत्कालिन अबस्था झल्काउने पोशाक, रितिरिवाज, संकार र चलन चल्तीलाई म्युजिक भिडियोमा उतार्ने जमर्को गरिएको छ । म्युजिक भिडियोका निर्देशक समेत रहेका कलाकार ढकालले गीतमा तीजमा छोरीलाई माइतिमा ल्याउँदा बुबा आमा र परिवारको खुसी संगै सासु ससुराले बुहारीमाथि गर्ने कठोर व्यवहारलाई समेत चित्रण गर्न खोजिएको बताउनुभयो ।
त्यसैगरी गीतमा समाजमा परम्परागत रुपमा सामाजिक समस्याको रुपमा रहेको छुवाछुत र बालविवाहको अवस्थालाई समेत उजागर गरिएको छ । मंगलबार सार्वजनिक गरिएको यस गीतमा अहिलेका चर्चित कलाकार रवि कार्की र अस्मिता डल्लाकोटी,पार्वती जिसी, सरस्वती लामिछाने र सर्जक नकुल ढकालले स्वर दिनुभएको छ । म्युजिक भिडियोमा बुहारीको भूमिकामा अभिनय गरेकी मेनुका पुनको अभिनय निकै शसक्त रहेको छ भर्खरै कक्षा ९ मा पढ्दै गरेकी मेनुका पुनको परिपक्क र जीवन्त अभिनयलाइ धेरैले रुचाएका छन्
रातारात भाइरल बनेर केहि समयपछि हराउने भन्दापनि सामाजिक अबस्था झल्काउने यो गीत सदाबहार रहने कुरामा ढकाल बिश्वस्त हुनुहुन्छ । हामी पछिका पुस्ताले सामाजको अबस्था यस्तो पनि थियो र ? भन्ने समेत हेक्का राखून भनेर यसरी तत्कालिन समयको कथालाई देखाउन खोजिएको बताउनुभयो ।
क्रियटिम मिडिया प्रोडक्सनले उत्पादन गरेको गीतको अडियो तारानाथ आचार्यको संगीत संयोजन, नकुल ढकालको शब्द र संगीत रहेको गीतमा सर्जक ढकाल, अनु पराजुली, अनिता बस्नेत, धुर्व जिसी, विज्ञान हमाल, मेनुका पुन, गणनाथ पौडेल, लगायतले अभिनय गर्नुभएको छ ।
भिडियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )