बेनी, साउन-१, म्याग्दीको बेनी नगरपालिकामा जग्गाको कित्ताकाट खुल्ला गरेको छ । बेनी नगरपालिकाले एक सूचना जारी गर्दै जग्गाको वर्गीकरण सकेसँगै नया आर्थिक वर्षको पहिलो दिन साउन १ गते सोमबारदेखि जग्गाको कित्ताकाट खुल्ला गरेको जानकारी गराएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज थापाले बेनी नगरपालिका क्षेत्रको जग्गाको वर्गीकरण गरि कित्ताकाट फुकुवा गरिएको जानकारी दिनुभयो । भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ बमोजिम बेनी नगरपालिकाको जग्गाहरुलाई दश वटा क्षेत्रमा वर्गीकरण गरिएको छ ।नगर कार्यपालिकाको गत असार ८ गतेको बैठकले स्विकृत गरेको भू–उपयोग वर्गीकरण सम्बन्धित प्रतिवेदनलाई असार १० गतेको तेह्रौं नगरसभाबाट अनुमोदन गरेको थियो ।
२०७९ साउनदेखि जग्गाको कित्ताकाट रोकिएको थियो । एक वर्षदेखि जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको थियो । मालपोत कार्यालयले संकलन गर्ने राजस्वमा गिरावट आएको छ । कित्ता काट सुरुभएपछि वित्तीय संस्था र व्यक्तिलाई जग्गा किनबेचमा सहज हुने नगर प्रमुख सुरत केसीले बताउनुभयो । बेनी नगरपालिका जग्गाको कित्ताकाट खुलाउने म्याग्दीको पहिलो पालिका बनेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )