राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठको पहिलो साता गर्ने तयारी गरेको छ । ‘शिक्षा मन्त्रालयले शैक्षिकसत्र जेठसम्म कायम गर्ने निर्णय गरेको छ । अरु कक्षाको जस्तै इसईई पनि जेठमा हुन्छ’, परीक्षा नियन्त्रक रामराज खकुरेलले भन्नुभयो , ‘एसईई परीक्षा जेठको पहिलो साता गर्ने तयारी छ । बोर्डले मिति छिट्टै तय गर्छ ।’
अहिले परीक्षाका लागि फारम भर्ने काम सकिएको उहाँले बताए । ‘६ गतेसम्म फारम भर्ने समय थियो । अब फारम भर्ने काम सकियो । विद्यालयले फारम भरेर जिल्लामा पठाएको छ’, उनले भने, ‘जिल्लामा इन्ट्री भएपछि सिम्बोल नम्बर र परीक्षा केन्द्र निर्धारण हुन्छ ।’
फारम भर्ने काम सकिए पछि परीक्षाका लागि प्रश्नपत्र निर्माणको काम सुरु भएको छ । ‘प्रश्नपत्र निर्माणको काम सुरु भएको छ’, नियन्त्रक खकुरेलले भन्नु भयो, ‘केन्द्रगत रूपमा प्रश्नपत्र छपाइ गरेर पठाउँछौँ ।’
अघिल्ला वर्षहरूमा यो समयसम्ममा प्रश्नपत्र निर्माणको काम सकि्थ्याे । यो वर्ष कोरोना भाइरसका कारण पठनपाठन ढिला गरी सुरु भएकाले प्रश्नपत्र निर्माणमा ढिलाइ भएको हो ।
अर्कोतर्फ परीक्षा स्थानीय, प्रदेश वा केन्द्र कसले गर्ने भन्नेमा विवाद भएकाले पनि परीक्षाको तयारीमा ढिलाइ भएको हो । कानुन बाधक भएकाले प्रदेशले परीक्षा गर्न सम्भव नभएपछि राष्ट्रिय परीक्षा बोर्डले नै परीक्षाको जिम्मा पाएको हो ।
परीक्षा नियन्त्रक खकुरेलका अनुसार यो वर्ष करिब ५ लाख परीक्षार्थी हुनेछन् । ‘जिल्लामा इन्ट्री भएपछि परीक्षार्थीको संख्या थाहा हुन्छ’, उहाँले भन्नु भयो, ‘नियमित र पुरानो गरेर करिब ५ लाख परीक्षार्थी हुन्छन् ।’
गत वर्ष ४ लाख ८२ हजार विद्यार्थीले फारम भरेका थिए । कोरोनाका कारण अन्तिम समयमा परीक्षा स्थगित गरिएको थियो ।
परीक्षा सम्भव नभएपछि विद्यालयको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक गरिएको थियो । विद्यालयले मूल्याङ्कन गर्दा जथाभावी नम्बर दिएको भन्दै यो वर्ष बोर्डले नै परीक्षा गर्न लागेको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )