म्याग्दी, असार-८, राष्ट्रगानका रचयिता प्रदिप कुमार राइ (ब्याकुल माइला ) लाइ म्याग्दीमा अभिनन्दन गरिएको छ । असार ८ शुक्रबार गते जिल्लाको बेनी स्थित वेष्ट पोइन्ट विद्यालयले आयोजना गरेको कार्यक्रममा कवी माइलालाई अभिनन्दन गरिएको हो ।
वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.ली.का अध्यक्ष यज्जनलाल शाक्यले अभिनन्दन पत्र र दोसल्ला ओढाई अभिनन्दन गर्नुभएको थियो । अभिनन्दन कार्यक्रममा संस्थापक निर्देशकहरुको समेत उपस्थिति थियो । त्यसैगरी बिहानी प्रार्थना सभामा विद्यार्थीहरुले राइलाई भब्य स्वागत गर्दै संगै राष्ट्रिय गीत गाएका थिए । विद्यार्थीहरुको तर्फबाट विद्यालयका अनेरी क्याप्टेन शिल्पीका जि.सी.ले खादा र क्याप्टेन अन्जान रोकाले मायाको चिनो प्रदान प्रदान गर्नुभएको थियो ।
विद्यार्थीहरुको प्रार्थना सभामा कवी राइले सम्बोधन गर्दै राष्ट्रिय गीत सबैभन्दा धेरै र ब्यबस्थित तरिकाले गाउने भनेकै विद्यार्थीहरुले हो, भन्दै विद्यार्थीहरुलाई राष्ट्रप्रति सम्मान प्रकट गर्न, देशको सेवा गर्न लगनशील भएर पढ्नु पर्ने बताउनुभयो । प्रार्थना सभा सकिएपछी विद्यार्थीहरु संग सामुहिक तस्विर खिचाउदै उहाँले विद्यार्थीहरुले प्रकट गरेको यो माया र श्रद्दाप्रति आफु निकै खुसि भएको बताउनुभयो ।
कवी राइ, विद्यालयले भानुभक्तको जन्म महिनाको अवसरमा आयोजना गरेको अन्तरविद्यालय छन्दोबद्ध कबिता प्रतियोगिताको कार्यक्रममा प्रमुख अतिथिको रुपमा म्याग्दी आउनु भएको हो । पहिलो पटक म्याग्दी आउनुभएका राइले प्रसिद्द तातोपानी कुण्ड र पबित्र गलेश्वोर मन्दिर लगायतको अबलोकन तथा दर्शन गर्न पाउदा दुधकोशी किनारमा हुर्केको मान्छे पबित्र कालिगण्डकी किनार र मुक्तिनाथ प्रबेशद्वारमा आउदा आफुलाई आनन्दको अनुभूति भएको बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )