म्याग्दी, जेठ-२२, ५०औ विश्व वातावरण दिवस म्याग्दीमा बिबिध कार्यक्रम गरि मनाइएको छ। जिल्ला बन कार्यालय म्याग्दीको आयोजना र सज्यार्नी सामुदायिक बन उपभोक्ता समूह बेनी नगरपालिका वडा नं ५ को सह आयोजनामा बृक्षारोपण गरि दिवस मनाइएको हो । ५ जुन विश्व बातावरण दिवसको अबसरमा बेनी नगरपालिका ५ बगुवाखोला स्थित हरियाली पार्कमा वृक्षारोपण गरि दिवस मनाइएको हो ।
दिवसका अवसरमा बगुवाखोला बासिद्वारा संरक्षित र प्रबर्धित सज्यार्नी सामुदायिक बनमा विभिन्न जातिका १५० बिरुवा रोपी रोपिएको हो । बातावरण दिवस मनाउने क्रममा सज्यार्नी सामुदायिक बनको परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष मुक्ति बहादुर खड्का, केन्द्रीय सामुदायिक बन उपभोक्ता महासंघका सदस्य पशुपति शाही , प्रमुख जिल्ला अधिकारी तुलसी राम पौडेल, नगर प्रमुख सुरत केसी, प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख राजकुमार थापा लगायतले औपचारिक कर्यमको अवसरमा मन्तब्य ब्यक्त गर्नु भएको थियो ।औपचारिक कार्यक्रम जिल्ला बन कार्यालय म्याग्दीका प्रमुख मनोज कुमार रानाभाटकोअध्यक्षता र संचालन चन्द्रमणि सापकोटालेगर्नु भएको थियो ।
औपचारिक कार्यक्रम पश्चात हरियाली पार्कको परिसरमा १५० वटा विभिन्न प्रजातीका विरुवा रोपिएको थियो। ज्यारकाण्डा, धुपी, इपिल-इपिल, मसला र दालेघान्सका डालेघासका बिरुवा रोपिएको छ । खडेरीको समय भएपनि बन उपभोक्ता समितिका सदस्यहरुले पानी बोकेर र पाईपबाट बिरुवालाई सिंचित गरेका छन् ।
विश्व वातावरण दिवसको यसबर्षको नारा “प्लाष्टिकजन्य प्रदूषण निर्मुल पारौं वातावरण मैत्री विकल्पको उपयोग गरौँ” (Solution to Plastic Pollution #BeatPlasticPollutio) भन्ने रहेको छ भने कार्यक्रममा बोल्ने अधिकांश बक्ताले पनि यसै कुरालाई जोड दिएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )