जलजला, जेठ-२०, म्याग्दीको बेनीमा आयोजित गुरगुरे ठेलो प्रतियोगितामा पर्वतका खेलाडी पहिलो दोश्रो र तेश्रो भएका छन । बेनी स्थितखुल्ला मञ्चमा शनिबार भएको गण्डकी प्रदेशस्तरीय परम्परागत खुल्ला ठेलो प्रतियोगितामा पर्वतले तिनवटै पुरस्कार जितेको हो ।
परम्परागत गुरगुरे ठेलो प्रतियोगितामा पर्वतको मोदी गाउपालिकाका किरन विक प्रथम, राजेन्द्र हमाल द्वितीय र जलजला गाउँपालिकाका निशान बोहोरा तृतीय हुनुभएको छ । प्रतियोगिताका प्रथम,द्धितीय र तृतीय भएका खेलाडीहरुले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद २५ हजार,१५ हजार र १० हजार रुपियाँ प्राप्त गर्नुभएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना र जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको गुरगुरे ठेलो प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका ११ जना खेलाडी सहभागि भएका थिए ।
विजेता खेलाडीहरुलाई बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य एवम् प्रतियोगिता संयोजक योगेन्द्र शेरचन र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार वितरण गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )