जलजला, जेठ-१६, पर्वतको जलजला -८ स्थित शिव माध्यमिक विद्यालयले “म मेरो संस्कृतिको संरक्षण गर्छु”अभियान संचालन गरेको छ । विद्यालयले विद्यार्थीहरुमा आफ्नो संस्कृति, परम्परा र मूल्य मान्यता केहो भन्ने जानाकारी राख्न, बुझ्न र संरक्षण गर्न यो कार्यक्रम शुरु गरिएको प्रधानाध्यापक अमृत सापकोटाले बताउनुभयो ।
विद्यालयले हरेक महिनाको १५ गते एकदिन सो पहिरन लगाउने ब्यबस्था गरेको छ । आज जेठ महिनाको १६ गते विद्यालयले सो कार्यक्रमको शुरुवात गरेको हो । हिजो १५ गते गणतन्त्र दिवसको अबसरमा सार्वजनिक बिदा परेकोले आज १६ गतेबाट अभियानको शुभारम्भ गरिएको प्रधानाध्यापक सापकोटाले जनाउनुभयो ।
आफ्ना मौलिक पहिरन, संस्कार, संस्कृति, भाषा साहित्य धर्म बिस्तारै हराउदै र छोड्दै जाने र परसंस्कृति ग्रहण गर्ने अबस्थाले हामी को हौं? हाम्रो पहिचान केहो ?भन्ने समेत अबस्था नरहने अवस्था आउने देखिएको छ त्यसैले विद्यार्थीहरुलाई आफ्नो जातीयता, संस्कार पहिचान गराउने पहिरन लगाउन अनिवार्य गरिएको उहाँले बताउनुभयो । यो कार्यको शुरुवात भएको दिन अन्य विद्यालयका शिक्षक अभिभावक जनप्रतिनिधिहरु समेत विद्यालयमा पुगेर विद्यार्थीहरु संग तस्विर खिचेका थिए ।
सापकोटा प्रधानाध्यापक पदमा नियुक्त भएपछी विद्यलाको शैक्षिक गुणस्तर सुधारगर्न अहोरात्र खटिईरहनु भएको छ । अभिभावकहरुसंग नियमित भेटघाट, परामर्श र अन्तरक्रिया गर्नेदेखि संस्कारयुक्त शिक्षाको लागी जोड दिनुभएको विद्यालयले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )