जलजला, बैशाख-१३, पर्वतको जलजला गाउँपालिकाले शिक्षकहरुलाई कम्प्युटर मर्मत सम्बन्धि तालिम दिएको छ । विद्यालयका कम्प्युटर, प्रिन्टर लगायत प्राविधिक उपकरणको स्थानीय स्तरमै मर्मतगर्ने ज्ञान सिप सिकाउन तालिम संचालन भएको हो ।
एक महिनासम्म संचालन हुने कम्प्युटर मर्मत सम्बन्धि तालिममा जलजलाका ४४ वटा विद्यालयका ३०० जना शिक्षकहरुलाई पायकपर्ने स्थानमा विद्यालय समय बाहेक बिहान र बेलुकी संचालन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत त्रिविक्रम आचार्यले बताउनुभयो ।
शिक्षकहरुलाई तीनवटा समुहमा विभाजन गरेर तालिम दिएको थियो । जलजला गाउँ पालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले विद्यालयका कम्प्युटर, ल्यापटप र प्रिन्टर पालिकाको खर्चमा मर्मत गरिने बताउनुभयो । तालिम जलजला गाउँपालिकाका कम्प्युटर अपरेटर शिव शंकर राय यादवले तालिम दिईरहनुभएको छ ।
तालिमबाट विद्यार्थी र शिक्षकको प्रविधिमा पहुच बढ्ने तथा प्राबिधिक उपकरणमा हुने खर्च, समयको बचत हुने अपेक्षा गरिएको छ । धेरैजसो विद्यालयमा आर्थिक, सामान्य प्राबिधिक ज्ञान, सिप भएका जनशक्ति र सामाग्रीको अभावमा लाखौँ मूल्य खर्चेर खरिद गरेका कम्प्युटर ल्यापटप र प्रिन्टर बिग्रिएपछि मर्मत हुन सकेका छैनन् ।
सुचना प्रविधिको कार्यक्रम अनुसार विद्यार्थीको पनि सहज सरल तरिकाले ज्ञान र सुचाना खोजी गर्न भुमिका खेल्ने गाउँपालिकाका सुचनाधिकारी सुदिप पौडेलले बताउनुभयो ।
लेखफाटको ग्राम प्रकाश माविका प्र भावाने शंकर पौडेलले कम्प्युटर सम्बन्धि तालिमले शिक्षकहरुलाई दक्ष बनाउन र सिप बिकासमा सहयोग पुगेको बताउनु भयो । कृष्ण भवन धर्म मावि धाइरिंगमा कम्प्युटर सिकाइरहेका बिमल आचार्यले शिक्षकहरुले उत्साहित भएर सिकिरहेको बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )