न्यु वेष्ट पोइन्ट आवासीय माविमा जिल्ला स्तरीय अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कलद्वारा फागुन ७ गते सो प्रतियोगिताको कार्यक्रमको आयोजना गरिएको हो । प्रतियोगितामा जिल्लाका १६ विद्यालय सहभागी रहेका थिए । बेनी नगरपालिका भित्रका बेनीबजार सिंगा पुलाचौरका विद्यालय देखि रघुगंगा गाउपालिका दग्नाम, अन्नपुर्ण गाउँपालिका नारच्यांग देखि मालिका गाउपालिका दरबांगका निजि तथा सामुदायिक विद्यालय सहभागी रहेका थिए ।
एस इ इ परीक्षालाई मध्यनजर गदै विषयगत हाजिरीजवाफ प्रतियोगिता गरिएको वेष्ट पोइन्ट हाजिरीजवाफ विभागका संयोजक मनोज खडकाले बताउनु भयो । बिषय शिक्षकहरु मनोज खड्का, रमेश भण्डारी, अनिता राणा, नवराज रिजाल, सतिश श्रेष्ठ, खुम बहादुर मल्लले बिषयगत रुपमा प्रतियोगीता संचालन गर्नु भएको थियो ।
प्रतियोगितामा गलेश्वोर आदर्श आवासीय मावि प्रथम, प्रकाश मावि द्वितीय, बेनी बोर्डिंग सेकेण्डरी स्कुल तृतीय र वेष्ट पोइन्ट चौथो भएका छन् । प्रथम द्वितीय तृतीय र चौथो हुनेले क्रमसः ८०००, ५०००, ३००० र १५०० प्राप्त गरेका छ्न ।
प्रथम द्वितीय तृतीय चौथो हुने लगायत सहभागी सबैलाई प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा म्याग्दीका उपसभापति अमर बानियाले प्रमाण पत्र नगद पुरस्कार र गिफ्ट ह्याम्पर प्रदान गर्नु भएको थियो । गिफ्ट ह्याम्पर सगुन स्टेसनरी, अक्सफोर्ड बुक्स एन्ड स्टेसनरी र वेस्ट पोइन्ट क्यान्टिन द्वारा प्रायोजन गरिएको हो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल डीबी दाहाल, वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रम युवा रेडक्रस सर्कलका सभापति दीपशिखा किसानको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपसभापाती अमर बानियाक प्रमुख अतिथ्यता, कक्षा १२ सेक्सन सी का छात्रा शीला जिसीको स्वागत, शिक्षक कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो कार्यक्रममा विद्यार्थीहरुद्वारा स्वागत गीत र बिचमा नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभाबक संघका अध्यक्ष सल्लाहकार र सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरि सोहि कार्यक्रमा मेघा एफ एम ९५.४ द्वारा भर्खरै पोखरामा सम्पन्न अल नेपाल डान्स प्रतियोगितामा प्रथम हुने कक्षा ९ कि छात्रा क्रिष्टिना पुनलाइ विद्यालयले सम्मान गरेको छ । उनलाई नगद २५०० र सम्मान पत्रद्वारा फाउन्डेसनका अध्यक्ष र प्रिन्सिपलले सम्मान गर्नु भएको वेष्ट पोइन्ट मिडियाहवले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )