बेनी, बैशाख,-१, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति म्याग्दीले कार्यालय स्थापना गरेको छ। नयाँ वर्ष २०८०को आरम्भ संगै सुभ दिनमा बेनी क्याम्पस चोकमा कार्यालय शुभारम्भ गरेको हो । कार्यालयको प्रतिष्ठानका संस्थापक केन्द्रीय सदस्य तथा म्याग्दीका सल्लाहकार धनकुमारी थापाले उद्घाटन गर्नु भएको हो । कार्यालयको उद्घाटन गर्दै थापाले जिल्लामा २०६१ सालमा स्थापना भएको संस्थाले जिल्लामा विभिन्न कार्यगर्दै आएको र आफुलाई पटक पटक केन्द्रीय सदस्यमा निर्बाचित गराउन म्याग्दीको प्रतिष्ठानले गरेको पहलको प्रसंसा गर्नु भयो । उहाँले शुरुमा आफु एक्लै भएपनि दोहोरी गीतमा लागेको तर अहिले सयौंको संख्यामा दोहोरीगाउने कलाकार जन्मिएका छन् यो प्रतिष्ठानको देन हो भन्नुभयो ।
कार्यक्रममा म्याग्दीका संगीतकर्मी पुराना कलाकार संजय श्रेष्ठलाई सल्लाहकारमा चयन गरिएको छ । उहाँलाई सोहि कार्यक्रममा सम्मान समेत गरिएको छ । त्यसैगरी कार्यक्रममा सल्लाहकार तथा म्याग्दीका पुराना गायक नेत्रबहादुर महत, प्रकाश श्रेष्ठलाइ समेत सम्मान गरिएको थियो । कार्यालय स्थापना र उद्घाटन कार्यक्रममा पुर्व अध्यक्ष कृष्ण जिसी, सल्लाहकार, संजय श्रेष्ठ, नेत्र महत, प्रतिस्ठान गण्डकीका पुर्व सदस्य नकुल ढकाल नविनले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
नयाँ वर्षको अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम र सांगीतिक कार्यक्रम (दोहोरीगीत ) समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रतिष्ठान म्याग्दीका अध्यक्ष ध्रुब जिसीले लोक कलाकार पहिचानको लागी छिट्टै नै माध्यमिक विद्यालय स्तरीय लोकतारा प्रतियोगिता आयोजना गर्ने कुरा जानाकारी गराउनुभएको थियो । उहाँले गीत संगीत संगै विभिन्न सामाजिक कार्य समेत गर्ने योजना रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा भवन निर्माणको थाल्ने गर्ने समेत उद्घोष गर्नुभयो ।
प्रतिस्ठान म्याग्दीका अध्यक्ष ध्रुव जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिजुन खत्री र स्वागत प्रथम उपाध्यक्ष एकराज चापागाईंले गर्नु भएको थियो । २०६० सालमा कलाकार किरण सापकोटाको अध्यक्षतामा स्थापना भएको प्रतिष्ठानले दोहोरीगीत प्रतियोगिता, देउसीभैलो, तीज गीत प्रतियोगिताआयोजना तथा जिल्लाबाट क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउदै आएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )