बेनी, फागुन-२५, म्याग्दीको बेनी अस्पतालमा मोतियाबिन्दुका बिरामीहरुका लागि नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया शिबिर संचालन हुनेभएको छ । नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा बेनी अस्पतालमा २०७९ चैत्र ५,६ र ७ गते शिविर संचालन हुने नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सचिव राजेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रत्येक बर्ष जिल्लाका बिभिन्न स्थानमा नि:शुल्क आँखा शिबिर संचालनगरि अन्धोपन निवारणगर्ने अभियान जारि राखिएको र पछिल्लो समय मोतियाबिन्दुको बिरामीको संख्या धेरै भेटिएकोले जिल्लामै संघको आयोजनामा नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया शिबिर बेनि अस्पताल भित्र संचालन गर्न लागिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्यादीका सभापति अमर बानियाँले बताउनुभयो ।
नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीले सम्बन्धित पालिकाहरु तथा मोना अष्ट्रेलियाको आर्थिक सहयोगमा धौलागिरी गाउँपालिका, मंगला गाउँपालिका, रघुगंगा गाउँपालिकाका बिभिन्न स्थानमा नि:शुल्क आँखा शिबिर सम्पन्नगरि शल्यक्रिया गर्नुपर्ने मोतियाबिन्दुका बिरामीहरु र अन्नपूर्ण गाउँपालिका वडा नं.८ राम्चे, वडा नं. ७, हिस्तान औल र वडा नं. ५ शिख मा मिति २०७९ फागुन २८,२९ र ३० गते संचालनहुने नि:शुल्क आँखा शिबिरमा शल्यक्रिया गर्नुपर्ने खालका बिरामीहरुलाई समेत बेनी अस्पतालमा संचालनहुने निशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया गराइने जनाएको छ ।
बिश्वभरि अन्धोपनको प्रमुख कारण मोतियाबिन्दु रोग भएको र नेपालमा नेत्रका क्षेत्रमा अन्धोपनको समस्या निवारणगर्ने अभियान संचालन गर्नका लागि बि.सं. २०३५ सालमा नेपाल नेत्र ज्योति संघको स्थापना भएको हो । म्याग्दी जिल्लामा पनि अन्धोपन निवारणगर्ने अभियान संचालन गर्नका लागि २०७६ सालमा संघको शाखा “नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दी” स्थापना भइ २०७७ श्रावणदेखि संघ अन्तरगतको बेनि नगरपालिका-८, क्याम्पसचोक बेनिमा आँखा उपचार केन्द्र संचालन गरि सेवा दिँदै आएको छ ।
अन्धोपनको समस्या सबैको साझा समस्या भएकोले जिल्लामा अन्धोपन निवारणका लागि सबै पक्षहरुको साथ सहयोग आवश्यक रहेको र उक्त अभियान सफल बनाउन सबैसंग सहयोगको अपेक्षा गरिएको सभापति बानियाँले बताउनु भयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )