अष्ट्रेलिया सरकारले फेसबुकमा समाचार हेर्न तथा शेयर गर्न रोक लगाएको छ । यसबाट महत्वपूर्ण सूचनामा आम मानिसको पहुँच कम हुने खतरा बढेको छ । फेसबुकले आफ्नो पेजमा समाचार राखे बापत सम्बन्धित सञ्चार माध्यमहरुलाई पैसा दिनु पर्ने प्रस्ताविक कानुन अष्ट्रेलिया सरकारले ल्याउन लागेको सन्दर्भमा सरकारले सो प्रतिवन्ध लगाएको हो ।
BBC का अनुसार अष्ट्रेलियाका बासिन्दाले बिहीबार सबेरैबाट फेसबुक पेजमा सबै स्थानीय र विश्वका अन्य समाचार माध्यमका समाचारहरू हेर्न पाएनन् । यो कदमसँगै अष्ट्रेलिया बाहिरबाट पनि कुनै पनि अष्ट्रेलियाली समाचार तथा प्रकाशनहरु हेर्न सकिएको छैन । यस किसिमको समाचारहरु माथिको प्रतिवन्धले समुदायमा ठूलो असर पुगेको बताइएको छ । यस कदमपछि अष्ट्रेलिया सरकारको कडा अलोचना भएको छ र सामाजिक सञ्जालको बाजारमा व्यापक प्रभाव रहेको यसबाट स्पष्ट भएको छ ।
कानुननै पास नहुँदै सरकारबाट भएको यो कदमको धेरै क्षेत्रबाट आलोचना भएको छ । साथै फेसबुकले गुगलसँग सम्झौता गरी केही सञ्चार माध्यमलाई समाचार वापत केही रकम भुक्तानी दिन शुरु पनि गरेको छ । यो समाचार गोरखपत्र अनलाइनबाट साभार गरिएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )