त्यसैगरी प्रहरीले जिल्ला अदालत कार्यालयबाट कर्तव्य ज्यान, लागूऔषध, सवारी ज्यान, बैकिङ कसुर लगायत विभिन्न मुद्दामा फरार २२ जना कसुरदारलाई पक्राउ गरीएको जनाएको छ । पक्राउ परेका कसुदारबाट २५ बर्ष १ महिना २३ दिन कैद र १७ लाख ६६ हजार ३७५ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले माघ २६ गतेदेखि एक महिनाको अवधीमा जातिय छुवाछुत तथा भेदभाव, लागु औषध नियन्त्रण, शान्ति सुरक्षा, लैगिंक हिंसा, घरेलु हिंसा, ट्राफिक सचेतना, साईवर अपराध र आत्मरक्षासम्वन्धी ३० वटा कार्यक्रम संचालन गरेको जानकारी दिएको छ ।