दिनेश बानिया /म्याग्दी, फागुन-२४, म्याग्दीको कुहुँमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्लाको मंगला गाउँपालिका वडा नं. -१ कुँहुमा नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको आयोजना तथा मंगला गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा मंगलबार १ दिने नि:शुल्क आँखा शिबिर सम्पन्न भएको हो ।
शिबिरमा २५६ जनाको नि:शुल्क आँखा जाँचगरि नि:शुल्क औषधि तथा चस्मा बितरण गरिएको छ भने ५ जना शल्यक्रिया गर्नुपर्ने मोतियाबिन्दुका बिरामी फेला परेका छन् । मोतियाबिन्दुको शल्यक्रिया २०७९ चैत ५, ६ र ७ गते नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दिको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राबिधिक सहयोगमा बेनी अस्पतालमा संचालन हुने नि:शुल्क शिबिरमा शल्यक्रिया गरिने संघका सचिव राजेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।
शिबिरको उद्घाटन सत्र जिल्ला समन्वय समिति म्याग्दिका उपप्रमुख डिल कुमारि खत्रीको प्रमुख आतिथ्यता, मंगला गाँउपालिकाका अध्यक्ष सत प्रसाद रोका, मंगला गाँउपालिका वडा नं.-१ का अध्यक्ष एकजित रोकाको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दिका सभापति अमर बानियाँको अध्यक्षता र नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सचिव राजेन्द्रकुमार श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।
त्यसैगरी संघको आयोजनामा फागुन २१ गते आइतबार नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीको आयोजना तथा रघुगंगा गाउँपालिकाको आर्थिक ब्यवस्थापनमा रघुगंगा गाउँपालिका-६, पाखापानीमा १ दिने नि:शुल्क आँखा शिविर संचालन गरि १८४ जना को आँखा जाँच गरिएको र उक्त शिबिरमा ५ जनामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने खालका बिरामी फेला परेका र उनीहरुलाई पनि बेनी अस्पतालमा ल्याई नि:शुल्क शल्यक्रिया गरिने नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँले बताउनु भयो ।
त्यसैगरी संघको आयोजना तथा अन्नपुर्ण गाउँपालिकाको आर्थिक ब्यस्थापनमा फागुन २८ गते अन्नपूर्ण गाउँपालिका-८ राम्चेमा, २९ गते अन्नपूर्ण गाउँपालिका-७ हिस्तान औलमा र ३० गते अन्नपूर्ण गाँउपालिका-५ शिख मा १/१ दिने नि:शुल्क आँखा जाँच शिबिर संचालन गरिने संघका सभापति बानियाँले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )