काठमाडौँ, फागुन-१९, नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो । बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ । मध्यपूर्वी पृतना इटहरीबाट ५४ जनाका लागि आवेदन खुलेको छ । जसमा सबैभन्दा धेरै बन्दोबस्त कार्य सिपाहीमा खुला र आरक्षणतर्फ गरी २३ जनाको माग भएको छ ।
महोत्तरीबाट ५२ जनाका लागि भर्ना खुलेको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको मागभएको छ । सफाइकर्मीमा ८ जनाको माग गरिएको छ । हेटौंडाबाट समेत ५२ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ । पोखराबाट ५४ जनाको माग भएको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ ।
बुटवलबाट ५४ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ । सुर्खेतबाट कुल ५४ जनाको माग भएको छ । कैलालीबाट ५३ जनाको माग आएको छ । उपत्यकामा नारायणहिटीबाट ५३ जनाको माग गरी दरखास्त आह्वान गरिएको नेपाली सेनाले जनाएको छ । श्रोत : अनलाइन
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )