म्याग्दी, फागुन-६, बेनीमा महिला उद्यमीहरुलाई ५ दिने अचार बनाउने तालिम दिईएको छ। म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिले महिलाहरुको आर्यआर्जन बढाउने उद्देश्यले उक्त तालिम संचालन गरेका हुन् ।
५ दिनसम्म संचालन भएको तालिममा सहभागि ८० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागिहरुलाई स्थानीय उत्पादीत बस्तुहरुबाट अचारको परिकार बनाउने तालिम दिईएको थियो । बरिष्ठ लघुउद्यमी धनमाया रानाले अमला, कागती, गुन्द्रुक, भट्ट, टुसो र मेथी, मेथी ग्रेभी, लप्सी गुलियो लगायतबाट अचारका परिकार बनाउने तालिम दिनुभएको थियो । उहाँले तालिममा सिकेको सिपलाई समय अनुसार उत्पादन हुने बस्तुहरुको अचार बनाएर आयआर्जन बढाउन तालिममा सहभागि दिदिबहिनीलाई आग्रह गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले पछिल्लो समयमा समुदायमा हुने विभिन्न कार्यक्रममा अचारको माग बढेको कारण महिलाहरुलाई अचार बनाउने तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले घरमा मौसमी र बेमौसमी रुपमा उत्पादन हुने बस्तुहरुको स्वादिलो अचार बनाएर विक्रि गर्न तालिममा सहभागिलाई आग्रह गर्नुभएको थियो । उद्यमी बन्नुस उत्पादन भएका अचार लगायत अन्य बस्तुहरुको बजारीकरणको लागि कालिपुलमा संघले ‘कोसेली घर’ संचालन गर्न लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कुविरकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष उत्तमबहादुर कर्माचार्य, पुर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ र पत्रकार घनश्याम खडकाले लघुउधम मार्फत आफु, परिवार र समाजलाई आत्मनिर्भर बनाउने किसिमले उद्यमशिलतामा सक्रिय हुन आग्रह गर्नुभएको थियो ।
समापन कार्यक्रममा तालिम सहभागिलाई म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र महिला उघम विकास समितीकी अध्यक्ष लक्ष्मी भण्डारी कार्कीले प्रमाणपत्र वितरण गर्नुभएको थियो । उद्यम विकास समितिकी अध्यक्ष कार्कीको अध्यक्षता, उपाध्यक्ष अम्विका श्रेष्ठको समापन मन्तव्य रहेको कार्यक्रममको संचालन सहसचिव राधीका सापकोटाको गर्नुभएको थियो । तालिममा सहभागिहरुले सिकेको सिपलाई ब्यवहार प्रयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )