म्याग्दी, फागुन -६, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले म्याग्दीको मालिका गाँउपालिका ७ बिममा बिहिबार महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया तथा उत्प्रेररणा कार्यक्रम सम्पन्न गरेको छ । किसानी मावि बिममा भएको कार्यक्रममा स्थानिय स्वयमसेविका, आमा समूह र महिला जनप्रतिनिधि, विद्यालयका शिक्षकहरुको समेतको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि मालिका गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी घर्तिमगरले महिलाहरूलाई जागरूक र सुसुचित बनाउने यस्ता कार्यक्रमले प्रेरितगर्ने धारणा व्यक्त गर्नुभएको थियो । त्यसैगरी महालक्ष्मी लाइफ इन्स्योरेन्सका धौलागिरि क्षेत्रका प्रमुख जमुना आचार्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले हरेक संस्थाले समाज परिबर्तनका लागी कुनै न कुनै कार्य गरेका हुन्छन त्यसैमध्ये महालक्ष्मीले गत वर्षा युवा संग महालक्ष्मी र यस वर्ष महिला शशक्तिकरणमा महिला कार्यक्रम लिएर आएको बताउनुभयो । उहाँले सहभागीहरूलाई बीमाको माध्यमले कसरी स्वरोजगार भई आर्थिक रूपमा सक्षम हुने बारेमा उत्प्रेरारणा प्रदान गर्नु भएको थियो ।
क्षेत्रिय प्रमुख आचार्यले निकट भविष्यमा सरकारी, गैरसरकारी निकाय संगको सहकार्यमा ग्रमिण क्षेत्रका महिलाहरूलाई रोजगार र आवश्यक अन्य तालिम पनि प्रदानगर्ने जानाकारी दिनुभयो । कार्यक्रममा फूलबारी आमा समुहका अध्यक्ष सुनिता जुग्जाली, किसानी बावी बिमका प्रधानाध्यापाक जंगबहादुर गर्बुजा, स्वास्थ्यकर्मी गीता जुग्जाली, वडा सदस्य तिलक बहादुर जुग्जाली, वडासदस्य निमसरा रसाइली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रम मालिका गाँउपालिका वडा नं ७ का वडा सदस्य हर्कमान जुग्जालीको अध्यक्षतामा, किसानी मावि बिमका शिक्षक करण कंडेलको स्वागत र महालक्ष्मी लाइफ इन्स्योरेन्स बेनीका शाखा प्रबन्धक रामजी आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
महालक्ष्मी लाइफ इन्स्योरेंसको महिला सशक्तिकरण कार्यक्रम पुष महिनाको ४ गते चितवनको सौराहाबाट शुभारम्भ भएको हो भने म्याग्दीमा पहिलो कार्यक्रम अन्नपुर्ण गाउँपालिका ६ घारबाट शुभारम्भ भएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )