इन्फ्लुएन्सियल ब्याचलर क्लव वेष्ट पोइन्टले रक्तदान कार्यक्रमको योजना गरेको छ । फागुन ४ गते श्रीपंचमीका दिन बेनी अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो, कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् ।
अन्तरिक ममिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेशको सहयोग, नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग, द मिलिसिया ब्रदरहुडको सह आयोजन र Influential Bachelors क्लवको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रमका रक्तदाताहरुलाइ आयोजकले प्रमाण पत्र प्रदान गरेको छ ।
कायर्क्रमको शुभाराम्भमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सुर्यप्रसाद ढकाल, बेनी अस्पाताल बिकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, नेपाल जेसिसका जेसिसका पुर्व राष्ट्रिय अध्यक्ष एवं नेपाल रेड्क्रस सोसाइटि म्याद्गीका कार्यालय प्रमुख वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा लीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, म्याग्दी जेसिसका निबर्तमान अध्यक्ष सुजन बरुवाल, अध्यक्ष बिरेन्द्र श्रेष्ठ, कलेजका प्रिन्सिपल डीबी दाहाल ,इन्फ़्लुएन्सियल् ब्याचालारका संस्थापक अध्यक्ष दिलिप राम्जाली, पुर्व अध्यक्षहरु किरण कार्की र दिनेश कुमार विश्वकर्माको उपस्थिति रहेको थियो ।
रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो । क्लवले यो भन्दा अगाडी पनि रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ । यसरी क्लवले कलेज भित्र र बाहिर धेरै कार्यक्रम गरिसकेको छ ।
आजको रक्तदान कार्यक्रमको संयोजन क्लवका सचिव निरुता बुढाथोकीले गर्नु भएको थियो । कार्यक्रमम सफल पार्न सहयोग पुर्याउने सबैलाई अध्यक्स सज्जन श्रेष्ठले धन्यबाद प्रकट गर्नु भयो ।कार्यक्रममा कलेजका लेक्चरर र शिक्षक संयोजक जगदीश पन्थीले आभार प्रकट गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )